Friday, 27 October 2023

छैठौँ राष्ट्रिय सैनामैना महोत्सव २०८० को तीव्र गतिमा तयारी गर्दै सैनामैना उद्योग बाणिज्य संघ, महोत्सव गरिमा कति पनि घट्न नदिने प्रतिवद्धता ।

 सैनामैना, कार्तिक-११ गते

लुम्बिनी प्रदेशकै सांस्कृतिक कला कौशल सम्पन्न स्थानिय तह मध्ये एक रुपन्देही जिल्लाको सैनामैना नगरपालिका रहेको छ । यस क्षेत्रमा रहेका कला, धर्म संस्कृति संरक्षण तथा शिसु उद्यमशिलता ,पर्यटन र कृषि प्रवर्द्धन गर्ने लक्ष्य सहित २०७२ साल देखि राष्ट्रिय सैनामैना महोत्सव संचालन गर्दै आइएको छ । 


यस वर्ष सैनामैना उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा प्रविधिलाई जोडेर छैठौँ राष्ट्रिय सैनामैना कृषि , पर्यटन ,प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८०, सैनामैना- ३, निमार्णाधिन सैनामैना पार्क ( पुरानो हाटबजार तथा नवदुर्गा मन्दिर परिसरमा संचालन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले बताएका छन् । उनका अनुसार  यहि मंसिर ६ गते देखि मंसिर १७ गते सम्म महोत्सव संचालन हुने र महोत्सवका प्रमुख आर्कषण भनेको सैनामैना क्षेत्रको हस्तकला,  उद्यमशिलता, कला धर्म जगेडा गर्ने किसिमको विगत भन्दा भिन्न किसिमको संचालन गरिने वताएका छ । स्थानिय मगर जाति, थारू जाति, क्षेत्री जातिका परिकार साथै संस्कृति झल्किने झाँकी व्यवस्थापन रहने छ भने सैनामैना क्षेत्रको नमुना पार्क रहने छ । 


युवाहरुको लागि सेल्फी जोन र डिजे को व्यवस्थापन गरिने छ । मेलाका सॉस्कृतिक संयोजक कृष्ण पोख्रेलका अनुसार राष्ट्रिय स्तरका कलाकारहरुको दैनिक प्रस्तुति रहने छ भने सैनामैना डान्सिङ आइडल, मम्मी डान्स, लोकदोहोरी प्रतियोगिता , विद्यालय स्तरीय, लोक नृत्य र राष्ट्रिय स्तरका डान्सर महोत्सवको आर्कषण रहने बताएका छन् ।


अन्तर्राष्ट्रिय गौरव बोकेको उद्योग वाणिज्य संघको प्रतिष्ठालाई  ख्याल गरी सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा संचालन हुने महोत्सव सवै सैनामैना बासी, तथा छिमेकी पालिका जनतालाई मनोरंजन तथा नयाँ सिप र प्रविधि संग जोड्दै, महोत्सव गरिमा कति पनि घटन नदिने संघका महासचिव लोकनाथ अधिकारीले बताएका छन् । 


महोत्सवमा विभिन्न फरक फरक उत्पादन र व्यापार जोडेर स्टल व्यवस्थापन गरिने छ । भने धेरै भन्दा धेरै स्टल स्थानिय रहने स्टल संयोजक दिपक अधिकारीले जनाएका छन् । उनकाअनुसार देशका विभिन्न भागबाट स्टल बुकिङ गर्ने लहर रहेको कुनै पनि स्टल ठेकेदारलाई नदिइने जानकारी गराएका छन् ।

महोत्सवमा सैनामैना क्षेत्रका विभिन्न जात जातिका भाषा, संस्कार र संस्कृति झल्कने झाँकीसहित यही मंसिर छ गते वृहत् रुपमा समुद्धन हुने झाकी व्यवस्थापन समिति संयोजक गुरु पराजुलीले जानकारी दिएका छन् ।








पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...