Wednesday, 26 November 2025

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

 

सैनामैना २०८२ मार्ग ११,

पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालकहरूको आर्थिक तथा पेशागत अवस्था” शीर्षकको अनुसन्धान प्रतिवेदन क्याम्पसका प्रमुख हेमचन्द्र खरेललाई बुझाउनु भएको छ। सात महिनाको अवधिमा सम्पन्न गरिएको यस अध्ययनमा अटो–रिक्सा चालकहरूको आर्थिक, सामाजिक तथा पेशागत परिस्थिति, उनीहरूले भोगिरहेका समस्या र चुनौतीहरूलाई केन्द्रबिन्दु बनाई अनुसन्धान गरिएको अधिकारीले जानकारी दिनुभयो।


अनुसन्धानमा सैनामैना नगरपालिकाभित्र कार्यरत अटो–रिक्सा चालकहरूको आम्दानी, खर्च, पेशागत स्थिरता, सामाजिक सम्मान, सुरक्षाको अवस्था तथा सेवाप्रदायकको रूपमै उनीहरूले सामना गर्नु पर्ने व्यावहारिक चुनौतीहरूको मूल्याङ्कन गरिएको छ।


क्याम्पस प्रमुख हेमचन्द्र खरेलले क्याम्पसमा प्रध्यापनरत शिक्षकहरूको शैक्षिक तथा अनुसन्धान क्षमता वृद्धि गर्न नियमित रूपमा अनुसन्धान कार्यहरू प्रोत्साहित गर्दै आएको बताउनुभयो। 

उहाँका अनुसार क्याम्पसमा सञ्चालन भइरहेका अध्ययन–अनुसन्धान गतिविधिले शिक्षक र विद्यार्थीबीच सहकार्य बढ़ाउँदै शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।आगामी क्याम्पसको अन्तर्राष्ट्रिय स्तरको जर्नलमा उक्त अनुसन्धानात्मक आर्टिकल प्रकाशन हुनेसम्म क्याम्पस प्रमुख  शर्माले बताउनुभएको छ। बताउनुभएको छ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...