Friday, 4 April 2025

पर्रोहा बहुमुखी क्याम्पसमा १४ औँ क्याम्पससभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ ।

 सैनामैना ,२०८१ चैत्र २२

लुम्बिनी प्रदेशकै उत्कृष्ठ नतिजा दिन सफल सैनामैना नगरपालिका वडा नं. ४ अवस्थित पर्रोहा बहुमुखी क्याम्पसले आफ्नो १४औँ क्याम्पस सभा तथा वार्षिकोत्सव एक समारोहका विच सम्पन्न गरेको छ ।



लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभासद भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा  विभिन्न अनुसन्धानात्मक विद्या, तथा परियोजना कार्यमा काम गर्न विद्यार्थीहरुलाई Learning and earning programe अर्न्तगत छाडा  चौपाया व्यवस्थापन (Animal Care) तर्फ रू १२००० नगद र प्रशंसा प्रमाण पत्र सहित शितल थापा सम्मानित भएकी छन्  भने हरियाली प्रर्वद्धन तथा सोन्दर्य अभिवृद्धि परियोजना संचालन गरी माया घिमिरे रु ७००० सहित प्रशंसा पत्रद्वारा सम्मानित हुनुभएको छ । प्लाटिक मुक्त अभियानमा प्रतिमा पौडेल पनि रू ७००० र प्रशंसापत्र सम्मानित हुनु भएको छ । कुशल कर्मचारी वर्षमा धनु कुंवर रू ५००० सहित सम्मानित हुनु भएको थियो ।


पर्रोहा बहुमुखी क्याम्पसको नवप्रतिभा खोजी कार्यक्रम अन्तरगत Student of the year 2025 को विजेता सिता कन्डेल हुनु भएको छ भने प्रथम रनरअप मा रेजिना कार्की , दोस्रो रनर अपमा मोनिका नेपाल हुनु भएको छ ।



सो क्याम्पस सभाले विभागिय जिम्मेवारी पाउने प्राध्यापकहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा अध्यक्ष खुसी राम चौधरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष मन्जु ज्ञवालीले आर्थिक प्रतिवेदन तथा क्याम्पस प्रमुख हेमचन्द्र खरेलले शैक्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री सभासद भोज प्रसाद श्रेष्ठ विशिष्ट अतिथि नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, वडा अध्यक्ष राम प्रसाद अधिकारी, नेपाली कांग्रेस सभापति रण बहादुर खनाल,  सहिद नारायण पोखरेल रामपुर क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष यदुनाथ पन्त,त्यसैगरी अभिभावक सङ्घ पर्रोहा बहुमुखी क्याम्पसका अध्यक्ष होमनाथ पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। सो कार्यक्रम पर्रोहा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता व्यवस्थापन समिति सदस्य कमल घिमिरेको स्वागत तथा जनसम्पर्क तथा सूचना प्रवर्द्धन विभाग PIC संयोजक लोकनाथ अधिकारी र छात्रा रेजिना कार्कीको संयुक्त सञ्चालनमा १४औं क्याम्पस सभा तथा वार्षिक उत्सव सम्पन्न भएको थियो। उक्त क्याम्पसमा एउटै संकाय सञ्चालन भएपनि ३०० विद्यार्थीहरू अध्ययनरत रहेको प्रतिवेदनले देखाएको छ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...