Saturday, 30 August 2025

पर्रोहा बहुमुखी क्याम्पसले बधाई , शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

 सैनामैना,भाद्र १५ गते २०८२,

लुम्बिनी प्रदेशमा शैक्षिक गुणस्तरमा अब्बल नतिजा निकाल्न सफल पर्रोहा बहुमुखी क्याम्पस सैनामैना_ ४, रुपन्देहीले आज एक समारोहको बीच त्रिभुवन विश्वविद्यालयद्वारा लिएको  BBS चौथो वर्ष२०८१ सालको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रमको प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले रूपन्देही जिल्लामा विभिन्न क्याम्पस तथा विश्वविद्यालय रहेका छन् । जहाँ धेरै सङ्ख्यामा विद्यार्थीहरु अध्ययन गर्छन् तर पनि उच्च कोटीको नतिजा दिन सफल छैन। यस क्याम्पसमा विद्यार्थी सङ्ख्या थोरै भएपनि देशमै उच्च स्तरको नतिजा दिन सफल रहेको बताउनुभयो। विगतका वर्षदेखि हालसम्म यस क्याम्पसबाट उत्कृष्ट नतिजा दिन गइरहेको कारणले यस क्याम्पसको गुणस्तरलाई देखाउँदछ । उहाँका अनुसार उच्च शिक्षा लिनका लागि काठमाडौँ धाउनुपर्ने ,बुटवल धाउनुपर्ने अवस्था नरहेको र सैनामैना स्तरमै शैक्षिक क्षेत्रमा विद्यालय शिक्षा देखि उच्चस्तरीय शिक्षा, गुणस्तरको हब नै भएको  कारणले यिनै विद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी भर्ना गराउन अभिभावक नागरिक समाज, राजनीतिकर्मी, शिक्षा प्रेमीहरुलाई आग्रह सम्म गर्नुभएको छ।


सो कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले पर्रोहा बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा दिन अब्बल रहेको त्रिभुवन विश्वविद्यालयबाट लिएका परीक्षाको नतिजाले प्रमाणित गर्दछ भन्नुभयो। व्यवस्थापन विषय मात्र अध्ययन अध्यापन हुने यस क्याम्पसमा नेपालका उत्कृष्ट कलेजहरु मध्ये एक बन्न सक्ने उहाँले बताउनुभयो । साथै उत्तीर्ण हुने भाइबहिनीहरूलाई वैदेशिक मोहलाई त्यागेर स्वदेशमै ब्याचलर पास भएका विद्यार्थीले सङ्घर्ष गर्नुपर्ने र विभिन्न राष्ट्रिय क्षेत्रमा खुलेका विज्ञापनहरूमा आवेदन गरी स्वदेशमै रोजगारी हुनका लागि विद्यार्थीहरूलाई अनुरोध गर्नुभयो।




यस वर्ष क्याम्पसबाट ५ जना विद्यार्थीले अति उच्च अङ्क प्राप्त गरी विशिष्ट श्रेणीमा स्नातक तह उत्तीर्ण गरेका छन् भने १६ जना विद्यार्थीहरू प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्  भने अन्य विद्यार्थीहरु द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् ।कुल विद्यार्थीमा ७५% विद्यार्थी उत्तीर्ण रहेको क्याम्पस प्रमुखले सैनामैना निजलाई जानकारी दिनुभएको थियो। जसमध्ये डिलाकुमारी शर्माले ८०.०२% अङ्क प्राप्त गरी यस लुम्बिनी प्रदेशमै उच्च अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको श्रेणीमा नाम लेखाउन सफल छिन्। सो अवसरमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरुलाई सम्मान पत्र फुल माला र खादा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो छ ।कार्यक्रममा क्याम्पस प्रमुख हेनचन्द्र खरालले यस क्याम्पसमा अध्ययनरत विद्यार्थी परीक्षाको नतिजामा मुखी मात्र नभएर विभिन्न परियोजनाहरू सञ्चालनमा पनि उस्तै अल रहेको बताउनुभयो,अनुसन्धान कार्यमा पनि विद्यार्थीहरूले उस्तै खालको नतिजा दिनुभएको बताउनुभएको थियो। सो कार्यक्रम उत्कृष्ट अङ्क प्राप्त गर्ने बहिनी डिलाकुमारी शर्मा। अभिभावक रामबहादुर बिक लगायतले क्याम्पसको शैक्षिक उन्नति र प्रगतिको साथै उत्तीर्ण विद्यार्थीको भावी समुज्जल भविष्यको कामना गर्नुभएको थियो। सो कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा इसीए प्रमुख जगनाथ गौतमको सञ्चालनमा क्याम्पसको सभाहलमा सम्पन्न भएको सूचना प्रवर्धन विभाग प्रमुख लोकनाथ अधिकारीले हामीलाई जानकारी दिनुभएको थियो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...