सैनामैना मंसिर,१
अन्तर्राष्ट्रिय गौरव बोकेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सँग भगिनी सम्बन्ध गाँसिएको पौराणिक नगरी सैनामैना रहेका पर्यटकीय स्थलहरू पहिचान गराउने विशेष उद्देश्य सहित छैठौँ राष्ट्रिय सैनामैना कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० मा विशेष रहने महोत्सव मूल आयोजक समिति संयोजक प्रेम वहादुर खड्का जनाएका छन् ।
यस वर्ष मूलभूत रुपमा विज्ञान प्रविधि स्टल रहने छ भने लोकदोहोरी विगतमा वडा स्तरीय रहेकोमा यस वर्ष जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगिता संचालन रहेछ ।
भने युवा पुस्तालाई मध्यनजर हिपहप प्रतियोगिता अगाडी सारिएको छ भने यस महोत्सव अर्को बेजोड प्रस्तुतीका रुपमा संस्कृति संरक्षणका लागि भजन प्रतियोगिता रहेको महोत्सव मूल आयोजक समिति सदस्य सचिव लोकनाथ अधिकारीले जानकारी दिएका छन् ।
यसैगरी सैनामैना महोत्सवका नियमित प्रस्तुतीमा छैठौँ सैनामैना डान्सिङ आइडल प्रतियोगिता थप आर्कषक रुपमा संचालन गरिने छ भने जुन प्रतियोगिताले सैनामैनाले नयाँ कलाकार जन्मदिने छ । यो कार्यक्रम ७ गते देखि१७ गतेसम्म चल्ने संयोजक सिता क्षेत्रीले हाम्रा संवाददातालाई जानकारी गराएकी छन् ।








