Friday, 28 June 2024

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । जसका कारण छ जना घाइते

 काठमाडौं

 भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । आज बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो ।



जसमा केही मानिस पुरिएका थिए । घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र चेक इन काउन्टरहरू बन्द गरिएको छ ।

Wednesday, 26 June 2024

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

 काठमाडौँ ।

 एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।


यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ । 

अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।



०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । 



एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ ।  आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ । 

Monday, 24 June 2024

१ अर्ब १० करोड १२ लाख ७२ हजारको बजेट ल्यायो , सैनामैना नगरपालिकाले ।

 सैनामैना नगरपालिकाले ल्यायो १ अर्ब १० करोड १२ लाखको बजेट ।

सैनामैना,२०८१ असार ११

सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब १० करोड १२ लाख ७२ हजारको बजेट ल्याएको छ ।

 सैनामैना नगरपालिकाको १५ औं नगरसभाको बैठकमा  नगरपालिकाका उपप्रमुख विना रानाले पूर्वधार विकास, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिदैँ आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब १० करोड १२ लाख ७२ हजारको बजेट हिजो नगरसभामा प्रस्ततु गर्नुभएको हो । 


चालु तर्फ ५१ करोड ३२ लाख ५० हजार र पुँजीगततर्फ ५८ करोड ८० लाख २१ हजार रुपैयाँ विनियोजना गरिएको छ । 


“सैनामैना समृद्धिको आधारः उत्पादन, पर्यटन र पूर्वधार” भन्ने नारालाई सामार पर्ने उद्देश्यले प्रस्तुत गरिएको बजेटमा आर्थिक विकास तर्फ रु ६ करोड ८५ लाख १ हजार, सामाजिक विकास तर्फ ३६ करोड ६४ लाख ७१ हजार, पूर्वाधार विकास तर्फ ४५ करोड ७५ लाख ९३ हजार, वन वातावरण तथा विपद व्यवस्थापन २ करोड २४ लाख ५५ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तर्फ १८ करोड ६२ लाख ५२ हजार गरि कुल १ अर्व १० करोड १२ लाख ७२ हजार रुपैया बजेट विनियोजन गरिएको छ । जसमा गत वर्षको आय–व्ययको तुलनामा ३३.४४ प्रतिशतले बृद्धि भएको छ भने सामाजिक सुरक्षा तर्फको रकम समावेश गरिएको छैन ।


आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्येतर्फ आन्तरीक स्रोत तर्फ १० करोड ३७ लाख ४३ हजार, नेपाल सरकार तर्फ सशर्त अनुदान ३१ करोड ७८ लाख ७२ हजार, वित्तिय समानीकरण अनुदान रु १२ करोड ७४ लाख, समपुरक अनुदान ५५ लाख, राजश्व बाँडफाँड १३ करोड ५५ लाख रहेको छ । 

यसैगरी अन्य अनुदान अन्र्तगत (सडक वोर्ड नेपाल तथा औधोगीक ग्राम) १ करोड ७२ लाख,  प्रदेश सरकार तर्फ वित्तीय समानीकरण अनुदान  ८४ लाख ६९ हजार, राजश्व बाँडफाँड १ करोड २९ लाख ८८ हजार, सशर्त अनुदान १ करोड ४० लाख, विशेष अनुदान २० लाख, एशियाली विकास बैकको सहयोगमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान २२ करोड ९० लाख नगर विकास कोष ऋण सहयोगबाट ५ करोड २१ लाख मालपोत रजिस्ट्रेशन शुल्क ३ करोड २५ लाख, समपुरक अनुदान १ करोड ५ लाख र बचत न्युन ३ करोड २५ लाख गरी जम्मा १ अर्ब १० करोड १२ लाख ७२ हजारको कुल आम्दानी हुने अनुमान गरिएको छ ।


वडागत बजेट विनियोजन तर्फ

आर्थिक वर्षमा वडागत बजेटमा वडा नं १ को लागि रु ७९ लाख ५३ हजार, वडा नं. २ को लागि रु ५७ लाख ६४ हजार, वडा नं. ३ को लागि रु ५६ लाख ८४ हजार, वडा नं. ४ को लागि रु ७० लाख ४४ हजार , वडा नं. ५ को लागि रु ७० लाख ८ हजार, वडा नं. ६ को लागि रु ६९ लाख ४० हजार, वडा नं. ७ को लागि रु ५० लाख ६३ हजार, वडा नं. ८ को लागि रु ५२ लाख ६४ हजार, वडा नं. ९ को लागि रु ५४ लाख ३९ हजार, वडा नं. १० को लागि रु ७५ लाख ७ हजार र वडा नं. ११ को लागि रु ६४ लाख २८ हजार गरी जम्मा रु ७ करोड १ लाख योजना तथा कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ ।

Tuesday, 11 June 2024

रूपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

 सैनामैना, ३० जेठ २०८१

रूपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।


दाङबाट काठमाडौंका लागि छुटेको रा। १ ख। २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु। १ ख। ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।दुर्घटनामा परि घाइते भएकाहरुलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधबार बिहानसम्म अधिकांश डिस्चार्ज भैसकेको छन ।
बसका सहचालक गम्भीर घाइते छन् । उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Saturday, 1 June 2024

रेडक्रस सैनामैना उपशाखा पर्रोहाले शिक्षक नायक गोष्ठी सम्पन्न गरेको छ ।

 सैनामैना, २०८१ जेष्ठ,१९

नेपाल रेडक्रस साेसाइटी सैनामैना उपशाखा ( पर्राेहा) काे आयाेजनामा एवं  दुर्गा भवानी माध्यमिक विद्यालयकाे आतिथ्यतामा आज शनिवार दुर्गा भवानी मा वि काे सभाहलमा उपशाखा अन्तर्गत रहेका १४ वटा सामुदायिक एवं निजी विद्यालयका शिक्षक नायक तथा सह - नायकहरुबीच शिक्षक नायक गाेष्ठि कार्यक्रम सम्पन्न भएकाे छ ।


कार्यक्रम उपशाखाकी सभापति मिना भन्डारीको अध्यक्षता , विद्यालयका सहायक प्र अ लेख रेडक्रस उपशाखाका कार्यसमिति सदस्यहरु लगायत ३५  जनाकाे उपस्थितिमा मा कार्यक्रम  सम्पन्न भएकाे थियाे ।


 कार्यक्रम मा सम्पूर्ण शिक्षक नायकहरुले आफ्ना धारणा राख्नुभएकाे, स्विच परियाेजनाका सहजकर्ता डिल्लिराज जाेशी र संस्थाका काेषाध्यक्ष एवं कार्यक्रम संयाेजक विक्रम पाैडेल, दुर्गा भवानी मा वि का शिक्षक नायक सुर्य विक्रम राना , विद्यालयका सहायक प्र अ लेखनाथ खनाल तथा समितिकी सभापति मिना भण्डारीले कार्यक्रमकाे उदेश्य , रेडक्रस र मानवियकार्य , युरेस जुरेस गतिविधि , उपशाखा , विधालय र  सर्कलहरू बीच समन्वयमा शिक्षक नायककाे भुमिकालगायतका विषयमा प्रकाश पार्नुभएकाे थियाे ।



कार्यक्रम  उपशाखाका उपसभापति दिव्या पाैडेल पंगेनीकाे स्वागत तथा संस्थाका सचिव थानिश्वर न्याैपानेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।


पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...