सैनामैना, २०८१ फाल्गुन २ गते
लुम्बिनी प्रदेशकै एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रूपमा परिचित पर्रोहा बहुमुखी क्याम्पसले आफ्नो वार्षिक कार्ययोजना अनुसार विद्यार्थीहरुको बौद्धिक एवं व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ ३ दिने " नेतृत्व विकास तथा प्रभावकारी भाषण कला तालिम " आज क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा सामाजिक व्यक्तित्व खुसीराम चौधरीले समुद्घाटन गर्नु भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि चौधरीले उच्च शिक्षा आर्जन गर्ने विद्यार्थी नै भोलिको नेपालको नेतृत्व हो । यस कार्यक्रमबाट समाज र देशलाई आवश्यक उच्च कोटीका नेतृत्व उत्पादन हुने आसा व्यक्त गर्नु भयो । कार्यक्रम केबल तालिमका लागि मात्र नभई व्यवहारिक र उपलब्धिमूलक रहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । सो कार्यक्रममा क्याम्पस प्रमुख हेम चन्द्र शर्माले यस क्याम्पसवाट उत्पादन हुने जनशक्ति समाज र राष्ट्रलाई नै नेतृत्व दिने गरी क्याम्पसले विद्यार्थीहरु बौद्धिक विकासमा लागेको जनाउनु भयो । क्याम्पसले विद्यार्थीहरुको क्षमता विकास गर्न, नेतृत्व विकास, भाषण कला, उद्घोषक तथा अनुसन्धानात्मक क्षमता विकास सम्बन्धित तालिम आयोजना गर्दै आएको जानकारी दिनु भयो ।
सो प्रशिक्षण कार्यक्रममा अन्तरार्ष्ट्रिय मोटिभेट्रर प्रशिक्षक ऋषि न्यौपानेले मोटिभेसन सम्बन्धि प्रशिक्षण दिनुहुने छ भने प्रशिक्षक लोकनाथ अधिकारीले नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण गर्नुहुनेछ भने प्रशिक्षक दिनेश न्यौपानेले प्रभावकारी भाषण कला विषयमा सहजिकरण गर्नुहुने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमा कम्यूटर प्रशिक्षक सुमित गौतम दिनेश न्यौपाने , SQC संयोजक शितल थापाको आतिथ्यता रहेको थियो । कार्यक्रम क्याम्पस प्रमुख हेमचन्द्र शर्माको अध्यक्षतामा तथा कार्यक्रम संयोजक लोकनाथ अधिकारीको संचालनमा सम्पन्न ।
कार्यक्रममा क्याम्पसका ३० जना छात्र छात्राको सहभागिता रहेका छन् भने कार्यक्रम फाल्गुन २, ३ र ४ गते सम्म संचालन रहनेछ । यस अगाडि क्यापसले १५ दिने नन क्रेडिट कोर्स अन्तरत बेसिक लेभल कम्यूटर तालिम समेत प्रदान गरेको थियो ।


















