Thursday, 13 March 2025

सैनामैना उद्योग वाणिज्य संघले मनायो होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम ।

 

चैत्र१, २०८१,सैनामैना 

हर्ष, उमङ्ग र उल्लासपूर्ण पर्वको रूपमा मानिएको फागु पर्वको अवसरमा सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा आज संघको सभाहलमा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


 कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले धर्म संस्कृति र परम्पराको संरक्षणका लागि यस्ता वर्ष वृहत रुपमा मनाउनु पर्ने कुरामा जोड दिनुभयो भने उहाँले पर्व र संस्कृति मनाउँदा त्यस पर्वको मौलिकतालाई आधार बनाएर बनाउने पर्ने बताउनु भयो । 


सो कार्यक्रममा विशिष्ठ अतिथि सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्र वहादुर कार्की, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य गोविन्द प्रसाद लम्साल, एमाले जिल्ला प्रचार विभाग प्रमुख मिन प्रसाद पौडेल, नेपाली कांग्रेस सैनामैना सभापति रणवहादुर खनाल, माओवादी केन्द्र नगर अध्यक्ष मान बहादुर महत, राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैना का अध्यक्ष राजवहादुर क्षेत्री,





 नेकपा समाजवादीका अध्यक्ष देवराज पौडेल , रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी,  सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, जिल्ला मदिरा व्यवसीय संघका अध्यक्ष वावुराम ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघ सैनामैनाका अध्यक्ष दिनेश पाण्डे, निर्वतमान अध्यक्ष प्रेमवहादुर खड्का र नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा अध्यक्ष मिना भण्डारी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कृष्ण प्रसाद पोख्रेल , स्वागत संघका बरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी र संचालन महासिचव दिनेश पौडेले गर्नुभएको कार्यालय प्रमुख रविन गौतमले जानकारी दिनुभयो

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...