Saturday, 12 July 2025

मन्जु श्री फाइनान्सले पाठ्यपुस्तक वितरण गरेको छ।

सैनामैना ,२०८२ अषाढ २९, 

सैनामैना ४ अवस्थित मञ्जु श्री फाइनान्स लिमिटेड मुर्गिया शाखाले आज एक कार्यक्रमका बीच संस्थागत, सामाजिक उत्तरदायित्व अन्तर्गत पर्रोहा बहुमुखी क्याम्पसलाई पाठ्यक्रममा आधारित पाठ्य पुस्तकहरू हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रम मञ्जुश्री फाइनान्सका प्रादेशिक कार्यालयका प्रमुख सुवास अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रु १ लाख बराबरका पाठ्य पुस्तकहरू , प्रमुख अतिथि अर्यालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो। 

सो अवसरमा  वहाँले आगामी दिनमा पनि सामुदायिक क्याम्पसको शैक्षिक वातावरणमा वृद्धि गर्न   मन्जुश्री फाइनान्सले थप सहयोगका हातहरु अगाडी बढाउने बताउनु भयो । उक्त कार्यक्रममा सैनामैना ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, मञ्जुश्री फाइनान्सका मुर्गिया शाखाका शाखा प्रमुख यज्ञमणि घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। 

सो अवसरमा क्याम्पस प्रमुख हेमचन्द्र  खरेलले क्याम्पसबाट उत्पादन हुने विभिन्न अनुसन्धान प्रोजेक्ट वर्कहरूमा पनि यस्ता सामुदायिक संघसंस्था वित्तीय संस्थाहरूको आगामी दिनमा थप सहयोग लिने र शिक्षण सिकाइलाई थप व्यवहारिक र प्रभावकारी बनाइने कुरालाई जोड दिनुभएको थियो। सो कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा सञ्चालक समितिकी कोषाध्यक्ष मञ्जु ज्ञवालीको स्वागत तथा क्याम्पस प्रमुख हेमचन्द्र खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।



पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...