Sunday, 30 July 2023

पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक अन्तरक्रिया सम्पन्न

 सैनामैना - श्रावण-१५

रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं. ४ अवस्थित पर्रोहा बहुमुखी क्याम्पस स्नातक तह सम्म अध्यापन हुने क्याम्पसहरु मध्ये ' उच्च अंक ल्याई विद्यार्थी उत्तीर्ण गराउने एउटा अबल शैक्षिक गृह हो। यस क्याम्पसमा अध्ययन छात्रा झरना शर्माले २०७२ सालमा नेपाल प्रथम बन्न सफल भएको क्याम्पस प्रशासनले दावी गरेको छ। त्यस पछिका वर्षमा पनि यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गर्दा अबल अंक ल्याएको सर्वविधितै छ ।


यसैका विच नयाँ भर्नालाई आधार मान्दै क्याम्पसको .वार्षिक कार्यक्रम अर्न्तगत आज साउने १५ खिर खाने दिनको अवसर पारेर सैनामैना
 क्षेत्रका विद्यालयहरुका प्रधानाध्यापक तथा तिनै विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरू, प्रध्यापक, कर्मचारी , अभिभावक तथा विद्यार्थीहरुको विचमा शैक्षिक अतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना क्षेत्रमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयले गुणस्तर सुधार संगै शैक्षिक स्वस्थ्यकर वातावरण तयार गर्न जरूरी रहेको छ । सामुदायिक विद्यालयको नाममा सैनामैनाका अभिभावकहरुले बुटवलका सामुदायिक विद्यालयमा चर्को शुल्क तिर्न तयार रहेका छन् संस्थागत वा सामुदायिक विद्यालयबाट विद्यार्थी बाहिरका स्कुलमा पलाएन हुनुमा हामी आफै दोसी रहेका छौ

  । यस क्षेत्रमा रहेका क्याम्पस तथा विद्यालयले गुणस्तरीय शिक्षा दिदाँ दिदै पनि हामीले त्यसको प्रचार प्रसार र बजारीकरण गर्न नसकेको कुरामा जोड दिए । नगर प्रमुख शर्माले विद्यालय स्तरका विद्यार्थीहरू हप्तामा एक दिन  झोला र  कापी विना नै खोजमूलक अध्ययनमा विद्यालयहरूले विद्यार्थीहरूलाई अध्यनमा अनिर्वाय लगाउनु पर्ने राज्यले नीति लिएको छ। अनुसन्धानात्मक शिक्षण कलाले सामुदायिक तथा संस्थागत विद्यालय सुधार गर्न सकिन्छ तर त्यसमा शिक्षाप्रेमी, राजैतिक दल, एव नागरिक समाज एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो।


सो कार्यक्रम क्याम्पस का पूर्व अध्यक्ष चित्रवहादुर कार्की
 पूर्व अध्यक्ष तुलसी कुमार भुसाल, निर्वतमान क्यामपस प्रमुख चित्र बहादुर कार्की, दुर्गा भवानी माबी प्रध्यानाध्यापक तुल्सीराम शर्मा, प्रभात आवशीय मा बि .का प्रधानाध्यापक अनन्तराम शर्मा, सुनगाभा पब्लिक स्कूलका प्रधानाध्यापक तिलब के सी, रामापुर माबि का प्रधानाध्यापक कृष्ण पौडेल पर्रोहा मा वि का अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना मा  वि का अध्यक्ष शिवलाल बस्याल लगायतले वर्तमान शैक्षिक क्षेत्र का अवसर , समस्या र चुनौतीका बारेमा आ आफनो धारणा राख्नु भएको छ ।
सो शैक्षिक अन्तरक्रिया कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष खुसी राम चौधरीको अध्यक्षतामा क्याम्पस प्रमुख हेम चन्द्र खरालको स्वागत तथा प्रध्यापक जगन्नाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...