तिलोत्तमा नगर प्रमुख रामकृण्ण खाँणको पारिश्रमिक गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दै
बुटबल, अषाढ २०,
नेपालकै उत्कृष्ट नगरपालिकाहरु मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका विकासमा अग्रणि रहेको प्रमाण छाडेको नगर पालिका यस पटक पनि उस्तै रफतार अगाडी बढीरहेकै वेला नगरप्रमुख रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकम लिदैनन् । उनले पाउने उक्त रकम नगरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । जसले विपन्न विद्यार्थीहरुलाई पठनपाठनमा कोसो ढुङ्गा सावित छ ।
नगर प्रमुख खाणले निर्वाचित भएपछि आफ्नो सेवा–सुविधा बापतको रकम विपन्न विद्यार्थीको छात्रवृत्तिमा लगाउने घोषणा गरेका थिए । त्यही घोषणा अनुसार आफ्नो सेवा–सुविधा बापतको रकम छात्रवृत्तिमा लगाएका हुन् । गरीवी वा अति विपन्नताका कारण कोही पनि बालबालिका शिक्षाबाट वन्चित नहोउन् भन्ने उद्देश्यले आफ्नो प्रमुखका रुपमा पाउने सुबिधा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको नगरप्रमुख खाणले बताए ।
नगरप्रमुख खाणले गत शैक्षिक सत्रमा गत आ.व. को पारिश्रमिकबाट १ सय ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए । बाल दिवसको अवसर पारेर २०७९ भदौ २९ मा प्रतिविद्यार्थी ४ हजार रुपैयाका दरले छात्रवृत्ति प्रदान गरेको उनले बताए । छात्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन समेत मिलेको उनले जनाए ।
यसवर्ष पनि सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी नगरप्रमुख छात्रवृत्तिको लागि धमाधम नाम छनोट भइरहेका छन् । उनीहरुलाई समेत यहि २०८०भदौ २९ शुक्रवार का दिन अर्थात बाल दिवसको अवसरमा छात्रवृत्ति वापतको रकम बाँडने काम हुँदैछ ।
छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन नगरपालिकाले आफ्नै कार्यविधि बनाएको छ । विद्यार्थी छनौट तथा व्यवस्थापनका लागि समिति गठन गरेको छ । यसका आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यविधि अनुसार छात्रवृत्ति वितरणको व्यवस्था मिलाएको बताए । स्थानीय तहका पदाधिकारीको सेवा सुबिधा प्रदेश सरकारले तोकिदिने गरेको छ । जसअनुसार नगरपालिका प्रमुखको मासिक सुबिधा ३९ हजार रुपैया छ । यसबाहेक चाडपर्व बापत वार्षिक रुपमा १५ हजार रुपैया पाउछन् । बैठक भत्ता एक हजार रुपैया र दैनिक भ्रमणभत्ता २ हजार तोकिएको छ । नगरप्रमुख खाडले आफू सम्पन्न भएर नभइ शिक्षा प्रतिको लगाव र सेवा भावले आफ्नो सुबिधा विद्यार्थीको शिक्षामा लगाएको बताए ।



No comments:
Post a Comment