Sunday, 13 August 2023

यसरी चम्कन्छ अनुहार ।

 अनुहारमा चाउरीपना देखिनुका धेरै कारण छन्। त्योमध्ये पहिलो त उमेर नै हो। उमेर बढेसँगै छाला तन्किने क्रम घट्दै जान्छ।जसले गर्दा छालामा लाइन देखिँदै जान्छ। अर्को कारण चर्को घाम हो। चुरोट सेवन लागयतले पनि चाँडै छाला चाउरी पर्छ।


आफ्नो आनीबानीले धेरै प्रभाव पारेको हुन्छ। समयमा खाना खाने, समयमै सुत्ने, स्वस्थ खाना खाने अनि व्यायाम गर्ने भएमा छालाको चाउरीपना कम हुन्छ। योसँगै छालाको हेरचाह पनि गरियो भने छालामा चमक आउने हुन्छ। छाला चाउरी पर्ने कारण उमेर मात्रै होइन। शरीरमा पौष्टिक तत्वको कमी भयो, तनाव धेरै भयो भने उमेरभन्दा चाँडै छाला चाउरी पर्छ।

चाउरीपना भनेको प्राकृतिक प्रक्रिया हो। तर यसलाई आफ्नो आनीबानीले ढिलो बनाउन सकिन्छ।

उपचार गरेर पनि छालाको चाउरीपना कम गर्न सकिन्छ। त्यस्तै भइसकेको चाउरीपनलाई हटाउने समेत प्रविधि छन्।

चाउरीपना रोक्ने सबैभन्दा महत्वपूर्ण सनस्क्रिन क्रिम हो। यसको प्रयोग सधैं गर्नुपर्छ। क्रिमको प्रयोगले मात्रै पनि छालाको चाउरीपना रोक्न धेरै सहयोग गर्छ। घाम नलागेको बेलामा घामको असर पर्दैन भन्ने लाग्छ तर त्यस्तो हुँदैन। घरमै बस्दा पनि सनस्क्रिन क्रिम लगाउनु पर्छ। सकेसम्म २/२ घण्टामा यसको प्रयोग गर्नुपर्छ। तर बिहान लगाएर दिनभरी हुन्छ भन्ने होइन।

आफ्नो अनुहार चम्किलो देखाउन सबैलाई मन हुन्छ। त्यसको लागि खानपिन, व्यायाम र रहनसहनमै ध्यान दिनुपर्छ। समय समयमा छाला रोग विशेषज्ञकहाँ देखाउनु पर्छ। त्यस्तो गरियो भने आफ्नो लागि कुन खालको क्रिम मिल्छ भन्ने थाहा हुन्छ। अनुहारको दाग, चाउरीपना लगायतका समस्याको उपचार गर्नका लागि जुनसुकै ब्युटी पार्लर गएर हुँदैन। यसले शरीरलाई थप हानी समेत गर्छ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...