नेपालकै नमूना र उत्कृष्ठ नगर पालिका बनाउन सफल नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकाको नगरक्षेत्रमा सरफाई गर्ने सफाई कर्मीलाई रेनकोट र गमबुट प्रदान गरेका छन् । नगरपालिकाको तर्फबाट नगर क्षेत्र भित्र सरसफाई तथा हरियाली प्रवद्र्धनमा खटिने ४४ जना सरसफाईकर्मीलाई रेनकोट र गमबुट प्रदान गरेको हो ।
उनीहरुलाई बिहिबार नगरप्रमुख खाँणले रेनकोट र एक सेट रेनकोट र गमबुट प्रदान गरेका हुन्। नगर सरसफाई र हरियाली प्रवद्र्धनमा सरसफाईकर्मीको महत्वपूर्ण भूमिका रहने र वर्षातको समयमा उनीहरुलाई काम गर्न पनि सहज होस र हौसला पनि प्राप्त होस भन्ने उद्देश्यले रेनकोट र गमबुट (जुत्ता) प्रदान गरिएको नगरप्रमुख खाँणले बताएका छन् ।


No comments:
Post a Comment