Saturday, 9 September 2023

पटकै पटक सैनामैना व्यापार संघको अधिवेशन सम्पन्न

 सैनामैना, भाद्र २३ गते

सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन सम्पन्न भएको छ ।


जीवनाथ पाण्डे अध्यक्ष भएको दोस्रो कार्यकाल पूरा नहुँदै विशेष अधिवेशनबाट  गणेश भुसाल अध्यक्ष भए त्यसपछि उनी कार्यकाल पूरा नगर्दै विदेशीय पून विशेष अधिवेशन सुरेन्द्र पौडेलको अध्यक्षतामा पून: २०  सदस्य कार्यसमिति चयन गरेको छ । यसरी सैनामैना व्यापार संघले तीन वर्षको अवधिमा तीन अध्यक्ष प्राप्त गरको छ आज गठित समितिको बरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, दृितिय उपाध्यक्ष हरिलाल न्यौपाने, महासचिव भिम प्रसाद सुबेदी, कोषाध्यक्ष पुष्प पौडेल, सह कोषाध्यक्ष प्रेम थापा, उपमहासचिव गोबिन्द पोखरेल, सचिव चाम बहादुर क्षेत्री र सहसचिव खिमलाल घिमिरे रहेका छन । अधिवेशनले शिव प्रसाद भुषाल संयोजक रहेको तिन सदस्य लेखा समिति चयन गरेको छ ।

नव निर्वाचित समितिलाई प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, सैनामैना व्यापार संघका सल्लाहकार एवं सैनामैनाका पुर्व नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, निर्वाचन कमिटि संयोजक खुशीराम चौधरी, चन्द्रकान्त भण्डारी, कृष्ण प्रसाद बस्याल, नेपाल चेम्बर अफ कमर्शका टंक प्रसाद पोख्रेल, नेपाली काङ्ग्रेसका रण बहादुर खनाल लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...