Wednesday, 13 March 2024

वर्तमान समयमा सहकारीमा समस्या आउनु यिनै हुन् कारण ।

 परिचय :

सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । “एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो ।

सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ । समग्रमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा हो । 

विषय प्रवेशः 

यो माथिका दृष्टान्त सहकारीको रहदा पनि हाल नेपालमा सहकारी संस्था विभिन्न चुनौतीहरु संग सहकारी डुब्ने लहर चल्न थालेको छ । सहकारीका नैतिक मूल्य र मान्यता साथै यसका सिद्धान्तको परिपालना गरिने हो भने सहकारी आफैमा दिगो संस्था हो । तर सहकारीका मूल्य मान्यता र सिद्धान्त भन्दा बाहिर जादा नेपालमा केही सहकारीमा खराव कर्जा विस्तार हुन गई सहकारी नै डुब्ने र समस्यामा पर्न गएका छन् । सहकारीमा स्वनियमन र सुशासितत नहुँदा समस्या थप बल्झिएको हो । सरकारी नियन्त्रण सहकारीमा आवश्यकता देखिन थालेको छ । देश सहकारी खोली  वित्तिय क्षेत्रको विस्तार गर्ने सरकारी कदम हो । तर समानुकुल अनुगमन नियन्त्रण हुन नसक्दा समस्याका चाङ्ग लाग्न पुगेका छन् । प्रभावकारी सहकारी नीति तर्जुमा गरी समग्र सहकारी आन्दोलनलाई मूल मार्गमा ल्याउनु पर्ने आवश्यकता सिर्जना हुन गएको छ। 

वर्तमान सहकारीहरुमा देखिएका समस्या निम्न कारणहरु बाट सिर्जना भएका छन् ।

# अनुत्पादक  क्षेत्रमा लगानी गर्दा :

 नेपालका सहकारीमा जम्मा भएको तरलता आय आर्जनका शीर्षकमा लगानी देखाएता पनि ति लगानी विशेष गरी  घर , जग्गा खरिदमा  अधिक कर्जा प्रवाह हुनु साथै कोभिड १९ पछि आर्थिक मन्दी सिर्जना हुँदा घर जग्गा विक्री वितरण सुस्ताएर गयो जसले गर्दा ठूलो जमातले सहकारी बाट खाएको कर्जा साँवा व्याज भुक्तानी कठिनाई आउँदा सहकारीमा ठूलो समस्या सिर्जना भएको छ ।

# संचालक समितिबाट सिमा मिचेर ऋण लगानी गर्दा :

नेपालमा सहकारी आन्दोलनमा आज प्रश्न चिन्ह खडा भएको छ । संचालक छानिए पछि सहकारीलाई आफ्नो निज व्यवसाय जस्तै गरी संचालकले सिमा  मिचेर, विधि मिचेर आफै ऋण खाने , आफ्ना नाता गोतामा कुनै वित्तिय विश्लेषण नै नगरि कर्जा प्रवाह गर्दा पनि समस्या देखिएको छ । 


# कर्मचारीको अनावश्यक सेवा, सुविधा थोपर्दै जाँदा :

 नेपालका केेेही महत्वपूर्ण सहकारीहरु कर्मचारी प्रशासनको हावी छन् ।   संस्थाको सदस्य सचिवले संचालकलाई नचाउने आफ्नै सेवा सुुुविधा मात्र थोपर्दै जादा सहकारी समस्या पैदा भएको पाइन्छ ।


# वित्तिय विश्लेषण विना लगानी गर्दा :

सहकारीमा कर्जा लगानी गर्दा तालिम प्राप्त कर्मचारीबाट ऋणी सदस्यको वित्तिय विश्लेषण गर्नु जरूरी छ । तर हाम्रा धेरै सहकारीमा  ऋणी सदस्यको अनुहार हेरी लगानी गर्ने पद्धतिले गर्दा खराव कर्जा प्रवाह बढन गई सहकारीमा समस्या सिर्जना भएका छन् ।

# सहकारी भित्र वित्तिय साक्षरताको कमी :

सहकारी बैंक होइन । यसले आफ्ना सदस्यहरुलाई बेला बेलामा सहकारी शिक्षा, वित्तिय साक्षरता तालिम संचालन गर्नु आवश्यक छ । धेरै सहकारीले कागजात मिलाएर सहकारी शिक्षा कोषको रकम पनि नाफा सँग वितरण गरेको देखिन्छ। सहकारी शिक्षा कोष वास्तवमै प्रयोग हिन हुँदा ऋणी सदस्यलाई सहकार्यता , बन्धुत्व र आफ्नोपनको विकास गर्न सकिएन । समय समयमा तालिम, सिप र प्रविधि संग ऋणी, संचालक र कर्मचारीलाई जोडन पनि सहकारी शिक्षा आवश्यकता छ ।


# टुटिपूर्ण घितो मूल्याकंन गर्दा :

वर्तमान धेरै सहकारीमा वैज्ञानिक पद्धतिबाट धितो मूल्यांकन गरिदैन न त प्राविधिक राखेरै मूल्यांकन गरिन्छ । वर्तमान सहकारीहरुमा प्रचलित धितो मूल्यांकनका आधार र स्पष्ट मापदण्ड पनि तयार गर्न नसक्दा संचालक तथा कर्मचारीबाट धितो मूल्यांकन गर्दा तुटिपूर्ण र धितो मार्जिन भन्दा माथि गएर लगानी गरिनु आज मुख्य समस्या बनेको पाइन्छ 


# अध्यक्ष तथा प्रवन्धकको  मनोमानी : सहकारीमा अध्यक्ष तथा व्यवस्थापकले आफ्नै नाममा करोडौं कर्जा लगानी गर्ने, आफन्तको नाममा अधिक कर्जा लगानी गर्ने, नीति र विधि मिच्ने जस्ता कारणले पनि सहकारी समस्या सिर्जना भएको हो 

# कर्जा सूचना केन्द्रको अभाव : 

सहकारी संरचना र ऐ निती अंगिकार गरेमा यो पवित्र संस्था हो । यसकारण पनि यसमा समस्या आउँदैन तर संचालन प्रदतिमा चुक्दा समस्या सिर्जना हुन सक्छ तथापि संचालक तथा कर्मचारीले राम्रो गर्दा गर्दै पनि सहकारी कर्जा सूचना केन्द्रको अभाव हुँद सदस्य सदस्य ऋृणीको अन्य संस्था तथा बैंक हरुमा सम्बन्ध कस्तो छ जानकारी लिन असहज हुन्छ । यसकारण सहकारीमा खराब कर्जा वृद्धि हुँदै जाने गर्दछ ।

# फितलो नियमन :

सहकारी दर्ता निकायले सहकारीहरुलाई मासिक प्रगति पठाउन बाध्य पार्ने, त्रैमासिक प्रगतिको सामुहिक छलफल र परामर्श गर्नु पर्ने, विज्ञको खोजी सहकारी संकट र समस्याहरुको अनुसन्धान गर्ने काम नहुनु नै फितलो नियमन हो । केही दर्ता निकायमा कार्यरत सहकारी शाखा का कर्मचारी पनि सहकारी फाँटमा पहिलो पटक काम गरेको अनुभवको अभाव, कामको चापले गर्दा सहकारीमा अनुगमन, निरीक्षण हुन नपाएकाले पनि सहकारीमा विविध समस्या सिर्जना भएका छन्

अन्त्यमा

सहकारी विश्वव्यापी मापदण्ड र अभ्यासले सहजै  नडुब्ने संस्थाको रुपमा परिभाषित भएता पनि संचालक ,कर्मचारी र सदस्य हरू वीचको प्रभावकारी त्रिकोणात्मक सम्बन्ध कायम हुन नसक्नु नै आजको मूल कमजोरी हो । जब सम्म सदस्यहरूमा सहकारी मेरो हो भन्ने भावनाको विकास गर्न सकिदैन तब सम्म सहकारी सबल बन्न सक्दैन ।

लेखक : लोकनाथ अधिकारी चौतारी वचत तथा ऋण सहकारी संस्था लि . सैनानैनाका अध्यक्ष हुनुहुन्छ ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...