सैनामैना २०८० चैत्र १०,
चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस तथा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
मुर्गिया स्थित मुर्गिया खानेपानी सरसफाई उपभोक्ता सस्थाको सभाहलमा चौतारी वचत तथा ऋण सहकारीमा आवद्ध ७० वर्ष देखि ८६ वर्ष सम्मका ५२ जना शेयर सदस्यलाई आज एक समारोहमा सम्मान गरिएको थियो ।
सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको सम्मान कार्यक्रममा नगर प्रमुख शर्माले जेष्ट नागरिकको अनुभव र अनुभूतिलाई आत्मासाथ गरी समाज परिर्वतनमा लाग्नु पर्ने, जेष्ट सदस्यहरु नै घर चल्छ त्यसरी नै समाज र देश चलाउने ऊर्जा लिनु पर्छ । चौतारी सहकारी सैनामैनाको एउटा उत्कृष्ट सहकारी हो । यो सहकारी व्यक्ति भन्दा पनि नीति र विधिले संचालन भएको संस्था हो । हरेक सहकारी समाज प्रति उत्तरदायी हुनु पर्छ । त्यसै अनुसार चौतारी सहकारी विगत देखि आज सम्म प्रभावकारी रुपमा संचालन भएको संस्था हो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति तथा संस्थाका सल्लाहकार रणवहादुर खनाल, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँ, पूर्व अध्यक्ष टेक बहादुर रेश्मी, कार्यक्रम संयोजक सिता कुवर लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो ।
सो सम्मान कार्यक्रम संस्थाका अध्यक्ष तथा सहकारी विज्ञ लोकनाथ अधिकारीको अध्यक्षता उपाध्यक्ष तथा सहकारी अभियनता जगन्नाथ गौतमको स्वागत र संस्थाका सचिव चिन्तामणी भुसालको संचालनमा सम्पन्न भएको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवश तथा चौतारी वचत तथा ऋण सहकारी संस्था लि को१२ औँ स्थापना दिवसको अवसरमा सस्थाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चैत्र १३ गते खुल्ला रक्तदान कार्यक्रम तथा चैत्र १७ गते वित्तिय साक्षरता कार्यक्रम गर्ने संस्थाकी व्यवस्थापक सुमना अर्यालले सैनामैना न्यूजलाई जानकारी दिनुभएको छ ।
.jpg)

No comments:
Post a Comment