सैनामैना, चैत्र -१७ ,
सैनामैना नगरपालिका वडा नं. ४ मा अवस्थित समुदाय स्तरमा संचालित उत्कृष्ट सहकारीको छबि बनाएको चौतारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ स्थापना दिवस तथा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम कार्यक्रम आफ्ना नयाँ प्रवेशि शेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा एक दिने वित्तिय साक्षरता कार्यक्रम सैनामैना २, स्थित ग्लोबल पार्टी प्यालेसको सभा हलमा सम्पन्न गरेको छ ।
संस्थाका ८० जना शेयर सदस्य सहभागि रहेको साक्षरता कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव सहकारी अभियन्ता दामोर पंगेनी तथा संस्थका अध्यक्ष लोकनाथ अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका सहकारी विभाग प्रमुख रामकुमार भट्टराइले सहकारी संचालक, कर्मचारी र शेयर सदस्यहरुको आपसी सहकार्यवाट चलाउनु पर्ने कुरालाई औलाउनु भयो ।
सहकारीमा सदस्यका मनोभाव र प्रतिनिधित्वलाई आत्मासाथ गरी हरेक काम विधि, पद्धति र नीति अनुरूप गर्ने सहकारी स्थायी हुने र यस्ता सहकारीमा संकट सिर्जना नहुने भन्दै आफ्नो उक्त कुरा चौतारी सहकारी रहेको पाएको औलाउनु भयो ।
सो कार्यक्रममा पूर्व अध्यक्ष टेक बहादुर रेश्मी, संस्थापक अध्यक्ष रुद्र प्र . गौतम, जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनी, सास्वती मावि का प्रधानाध्यापक रामप्रसाद पौडेल, शिक्षा समिति सदस्य राम कृपाल चौधरीले आ आफ्नो धारणा राख्नु भएको थियो ।
वित्तिय साक्षरता कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षता, कार्यक्रम संयोजक तथा संस्थाका सचिव चिन्तामणी भुसालको स्वागत साथै शिक्षा उपसमिति सदस्य कमलचन्द्र पौडेलको संचालनमा सम्पन्न भएको संस्थाकी व्यवस्थापक सुमना अर्यालले सैनामैना न्यूजलाई जानकारी दिनुभएको छ ।





No comments:
Post a Comment