Tuesday, 30 April 2024

मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ ।२१ विद्यार्थी घाइते भएका छन् ।

 मुस्ताङ । जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलबार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ । 


काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

बसमा चालकसहित ३० जना विद्यार्थी सवार थिए । बस दुर्घटनामा २१ जना घाइते भएका छन् । १४ जना पुरुष र ७ जना महिला घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरु दुर्घटना स्थलमा पुगेका थिए । 

दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीयवासी समेत उद्धारमा खटिएका थिए । दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पुर्‍याइएको छ । प्रहरी नायव उपरीक्षक पाण्डेले घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भइरहेको जानकारी दिनुभयो । 

मुक्तिनाथबाट फर्किएको विद्यार्थी सवार बस ब्रेकफेल भई कागबेनीमाथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडकको बीचमा पल्टिएपछि करिव ३ घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो ।

Sunday, 28 April 2024

अर्को खुला व्यायाम शाला थपियो सैनामैना नगर पालिकामा ।

 सैनामैना,२०८१ वैशाख १५

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यायमशाला आज एक भव्य समारोहका बिच उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा रहेको खुल्ला चौरमा खुला व्यायामशाला निर्माण गरेको हो।

सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले खुल्ला व्यायमसाला उद्घाटन गर्दै उपचारका लागि भारतका बिभिन्न ठाउँमा उपचारका लागि धाउनुपर्ने बाध्यतालाई कम गर्न अव हरेक मानिसले हरेक दिन बिहान व्यायम गर्नुपर्ने वताउनुभयो । सैनामैनामा विकासको मामिलामा एकता भएकै कारण यो सम्भव भएको र अव प्रदेशकै नमुना प्रकृतिक चिकित्सालयको भरपूर उपायोग गर्न आग्रह गर्नुभयो । थप अर्को प्रशंग जोड्दै नगर प्रमुख शर्माले सैनामैना नगर अस्पताल आफ्नै कार्यकालमा भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको र अब संघिय सरकार संग समन्वयन गरी सैनामैनामा नगर अस्पताल संचालन गरिने, अस्पतालमा राज्यवाट उपकरण र जनशक्ति नआउँदा सम्म आधुनिक र सुविधा सम्पन्न गरी पर्रोहा हेल्थ पोष्ट
 

संचालन गरी नगर वासिको जन स्वास्थमा नगर पालिका पूर्ण रुपले अगाडी बढेको बताउनु भयो "व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण छन्,’ वडा नम्बर १ का अध्यक्ष भुवन बहादुर क्षेत्रि भन्छन्, ‘उमेर समूह, सहरवासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवनजस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएका छन्।’ जडान गरिएका सामग्रीहरूमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिंगल र डबल स्किलिङ मेसिन, सिंगल फिटनेस राइडरलगायत छन्। यस्तै लेग प्रेस, सिंगल रोइङ मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एन्ड फिटनेस राइडर, लेग लिफ्टर, बसेर तथा उठेर ट्विस्टर गर्ने मेसिनलगायत छन्।

खुला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको वडाध्यक्ष क्षेत्रिको भनाइ छ। एक अर्काे प्रसंङमा विगतमा उपभोक्ता समितिवाट भएका कामवाट वचत भएको रकम वडाकै विकासमा लगाउने वताउनुभयो । उपभोक्ता समितिवाट भएका कामबाट रमक बचत गरि देशकै नमुना काम गरेको उल्लेख गर्दै मुक्तकंठले प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।ख्ुाल्ला व्यमसाला उद्घाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नारायण पाण्डे, एमालेका सर्य बिक्रम राना, काङग्रेसका फटिक केसि, रास्वपाका एक बहादुर क्षेत्रि, जनमोर्चाका नन्द प्रसाद पोखरेल, समाजसेवि राम बहादुर कुँवर लगायते वडाले गरेको राम्रो कामको मुक्तकंठले प्रसंसा गरेका थिए । एकता टोलका अध्यक्ष रण बहादुर बस्नेतको स्वागतमा भएको कार्यक्रको वडा नम्बर एकका वडा सदस्य प्रेम भुसालको संञ्चालनमा सम्पन्न भएको थियो ।
अनिता चौधरी

Saturday, 27 April 2024

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु, सम्मेलनमा ५५ देशका २ हजारभन्दा बढी सहभागी हुँदै ।

 


काठमाडौं  मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको सोकेसमा ९ खर्बको परियोजना राखिएको छ भने सम्मेलनमा ५५ देशका दुई हजारभन्दा बढी सहभागी हुनेछन् ।

 लगानी बोर्डले करिब २४ सय विदेशी लगानीकर्तालाई निम्तो पठाएकोमा अहिलेसम्म १६ सयभन्दा बढीको दर्तालाई प्रमाणित गरेर प्रवेशका लागि क्यूआर दिइसकेको छ । ढिलो रजिस्ट्रेसन गरेका २१ सयभन्दा बढीलाई भने प्रवेश अनुमति दिइएको छैन । तीमध्ये विदशी लगानीकर्ताको रजिस्ट्रेसन प्रमाणित गर्ने र स्वदेशी लागनीकर्ताको रजिस्ट्रेसन रद्द गर्ने बोर्डको तयारी छ । सम्मेलनमा ५५ देशका २ हजारभन्दा बढीको सहभागिता रहने बोर्डको अनुमान छ ।

सम्मेलनमा कुल १० सत्र सञ्चालन हुने छन् र ५० जनाभन्दा बढी वक्ता रहने छन् । पहिलो दिन २ वटा र दोस्रो दिन ८ वटा सत्र सञ्चालन गरिने छ । पहिलो दिनको पहिलो सत्रमा १५ जना वक्ताले बोल्ने कार्यक्रम रहेको छ । पहिलो सत्रमा नेपालमा लगानीको सम्भाव्यता र दोस्रो सत्रमा मुनाफा आर्जन गरेका कम्पनीको अनुभव आदानप्रदान हुने बोर्डले जनाएको छ । 

बोर्डले लगानीका लागि १ सय ४८ परियोजनाको सूची तयार पारेको छ, जसमा बोर्डका २०, निजी क्षेत्रका ३२, स्थानीय तहका ४ र अन्य निकायका ९६ परियोजना समावेश छन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीयोग्य परियोजनाबारे जानकारी गराउँदै आकर्षित गर्न लगानी सम्मेलनको आयोजना गरिएको हो । 


अर्को खुला व्यायाम शाला थपियो सैनामैना नगर पालिकामा ।

सैनामैना,२०८१ वैशाख १५
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यायमशाला आज एक भव्य समारोहका बिच उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा रहेको खुल्ला चौरमा खुला व्यायामशाला निर्माण गरेको हो।

सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले खुल्ला व्यायमसाला उद्घाटन गर्दै उपचारका लागि भारतका बिभिन्न ठाउँमा उपचारका लागि धाउनुपर्ने बाध्यतालाई कम गर्न अव हरेक मानिसले हरेक दिन बिहान व्यायम गर्नुपर्ने वताउनुभयो । सैनामैनामा विकासको मामिलामा एकता भएकै कारण यो सम्भव भएको र अव प्रदेशकै नमुना प्रकृतिक चिकित्सालयको भरपूर उपायोग गर्न आग्रह गर्नुभयो । थप अर्को प्रशंग जोड्दै नगर प्रमुख शर्माले सैनामैना नगर अस्पताल आफ्नै कार्यकालमा भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको र अब संघिय सरकार संग समन्वयन गरी सैनामैनामा नगर अस्पताल संचालन गरिने, अस्पतालमा राज्यवाट उपकरण र जनशक्ति नआउँदा सम्म आधुनिक र सुविधा सम्पन्न गरी पर्रोहा हेल्थ पोष्ट
 

संचालन गरी नगर वासिको जन स्वास्थमा नगर पालिका पूर्ण रुपले अगाडी बढेको बताउनु भयो "व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण छन्,’ वडा नम्बर १ का अध्यक्ष भुवन बहादुर क्षेत्रि भन्छन्, ‘उमेर समूह, सहरवासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवनजस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएका छन्।’ जडान गरिएका सामग्रीहरूमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिंगल र डबल स्किलिङ मेसिन, सिंगल फिटनेस राइडरलगायत छन्। यस्तै लेग प्रेस, सिंगल रोइङ मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एन्ड फिटनेस राइडर, लेग लिफ्टर, बसेर तथा उठेर ट्विस्टर गर्ने मेसिनलगायत छन्।

खुला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको वडाध्यक्ष क्षेत्रिको भनाइ छ। एक अर्काे प्रसंङमा विगतमा उपभोक्ता समितिवाट भएका कामवाट वचत भएको रकम वडाकै विकासमा लगाउने वताउनुभयो । उपभोक्ता समितिवाट भएका कामबाट रमक बचत गरि देशकै नमुना काम गरेको उल्लेख गर्दै मुक्तकंठले प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।ख्ुाल्ला व्यमसाला उद्घाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नारायण पाण्डे, एमालेका सर्य बिक्रम राना, काङग्रेसका फटिक केसि, रास्वपाका एक बहादुर क्षेत्रि, जनमोर्चाका नन्द प्रसाद पोखरेल, समाजसेवि राम बहादुर कुँवर लगायते वडाले गरेको राम्रो कामको मुक्तकंठले प्रसंसा गरेका थिए । एकता टोलका अध्यक्ष रण बहादुर बस्नेतको स्वागतमा भएको कार्यक्रको वडा नम्बर एकका वडा सदस्य प्रेम भुसालको संञ्चालनमा सम्पन्न भएको थियो ।
अनिता चौधरी

Monday, 22 April 2024

तराईमा चर्को गर्मी बढ्दै, लु लाग्न सक्ने, दैनिक पानी पिउनु पर्ने

 

सैनामैना -२०८० बैशाख,१०

 जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ ।


विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन आज विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ ।

“ती भूभागमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।
महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ ।

Tuesday, 16 April 2024

सैनामैना उद्योग वाणिज्य संघले नववर्ष २०८१ शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ ।

 सैनामैना , बैशाख-५

सैनामैना उद्योग वाणिज्य संघले  आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आज सैनामैना -२, ग्लोबल पार्ट  प्यालेसको सभाहलमा नववर्ष २०८१ शुभकामना आदानप्रदान तथा अन्तक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । 


सो कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले वर्तमान समयमा विश्वव्यापी मन्दी भएता पनि उद्योगी व्यापारी र व्यवसायीहरुले  व्यापार भएन भनेर हार खानु हुँदैन , यस्तो परिस्थिती अझै जागरुक नविनतम प्रविधिको औद्योगिक उत्पाद गर्न राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा हुने औद्योगिक उपकरण प्रर्दशनी अवलोकन मात्र होइन उपकरण नै खरिद गरी उत्पादन गर्न लाग्नु पर्ने जोड दिनुभयो आफू नगरप्रमुख भएपछि उद्योग बाणिज्य क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने कुनै पनि कर नीति नबनाएको र विगतका जनविरोधी कर आफूले हटाएको दावी गर्नु भयो ।


 सैनामैना क्षेत्रमा कृषि देखि औद्योगिक उत्पादनका उद्योग खोल्ने उद्यमी हरुको अभिभावक नगरपालिका बन्ने नीति आफूले लिएको बताउनु भयो । सो कार्यक्रमा नगर उपप्रमुख विना राना, पूर्व नगर प्रमुख चित्र बहादुर कार्की मानवअधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष सामाजिक अभियनता गोविन्द खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा  संघका सल्लाहकार नेका सैनामैनाका सभापति रण बहादुर खनाल, सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा संघका संस्थापक महासिचव रामप्रसाद अधिकारी, सैनामैना उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राज बहादुर क्षेत्री ,सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, सैनामैना होटल व्यवसायि  संघका अध्यक्ष झविन्द्र पोख्रेल, विद्युतीय व्यवसायि संघ रुपन्देहीका अध्यक्ष शान्तराम खराल, सैनामैना उपभोक्ता संरक्षण हित मञ्चका अध्यक्ष दुर्गा गौतम, नेपाल जेसीसका पूर्व उपाध्यक्ष विमल ज्ञावाली, नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाकी सभापति मिना भण्डारी तथा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष परशुराम सापकोटा लगायतले नव वर्ष २०८१ को शुभकामना मनतब्य दिनुभएको थियो । सो कार्यक्रम सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता, उद्योगउपाध्यक्ष कृष्ण पोख्रेलको स्वागत तथा महासचिव लोकनाथ अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।








सुनगाभा नगर प्रथम कक्षा ८ को नतिजामा : विधालयको दाबी पेश गरेको छ ।

 सैनामैना,२०८१ वैशाख - ४


रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं ३ मा रहेको सुनगाभा पब्लिक स्कुलले कक्षा ८ को नतिजामा नगर प्रथम भएको दाबी गरेको छ।सैनामैनामा नगरपालिका लिएको आधारभुत तहको परिक्षामा सुनगाभाका बिधार्थी कृष्टी ज्ञवाली र सचिना पौडेल ३.९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको सुनगाभाले जनाएको छ । सबै भन्दा धेरै ३.९७ जि.पि.ए ल्याएर सैनामैनामा नै उत्कृष्ट भएको सुनगाभाले दाबी गरेको छ । सैनामैनामा अन्य बिधालयबाट कसैको पनि ३.९७ जि.पि.ए नल्याएको र सुनगाभामा अध्ययनरत छात्राद्वय कृष्टी ज्ञवाली र सचिना पौडेल ३.९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको सुनगाभाले जनाएको छ । आज बिधालयले अ‍ौपचारीक कार्यक्रम गरी उत्कृष्ट हुने छात्र सहित आधारभुत तहमा उर्तिण ह्ने सबै बिधार्थीहरुलाई अभिभावक सहित सम्मान गरेको छ ।



हालसम्मको नगरपालिकाले प्रकाशन नतिजा अनुसार सुनगाभाका बिधार्थीहरुको नै उत्कृष्ट अंक प्राप्त गरेको सैनामैनाका शिक्षा शाखा प्रमुख राधा बन्जाडेले बताउनु भयो ।


सुनगाभाबाट ९२ जना बिधार्थी आधारभुत तहको परिक्षा सहभागी भएको र त्यसमा दुई जनाले ३.९७ सहित २३ जनाले ए प्लस सहित सबै बिधार्थीहरु उत्कृष्ट अंक सहित उतिर्ण भएको बिधालयका प्रधानाध्यापक तिलब के सी ले बताउनु भयो । 



बिधार्थीहरुले उत्कृष्ट नतिजा ल्याउनुमा बिधालयको शिक्षकहरु लगाव र अहरात्रको खटाई र बिधार्थीहरुको मेहेन्तको नतिजा भएको समेत प्रधानाध्यापक के. सी.ले बताउनु भयो । पछिल्लो समयमा सुनगाभाले शैक्षिक नतिजा सहित अन्य गतिबिधिमा समेत उत्कृष्ट नतिजा निकाल्दै आएको केसीको भनाई थियो । सुनगाभा पछिल्लो समयमा अभिभावकको रोजाईको बिधालय गएको समेत केसीको दावी थियो ।


बिधालय, शिक्षक र अभिभावकको साथ र सहयोगले आफुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कृष्टि ज्ञवालीले बताउनु भयो । 


सैनामैना नगरपालिकाले आधारभुत तहको परिक्षा चैत महिनामा संचालन गरेको थियो भने सो नतिजा बैशाख ३ गते नतिजा प्रकाशन गरेको हो । सैनामैना नगरपालिकाबाट ३१ वटा बिधालयका १५९६ बिधार्थी सहभागी भएका थिए ।


कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतम, बिधालयका पुर्व अध्यक्ष बिमला अर्याल, बिधालयका शैक्षिक सल्लाकार कृष्ण पंगेनी, सह प्रचार्य कमल पौडेल, अभिभावक कमला पौडल लगायतले बिधार्थीहरुलाई शैक्षिक भबिष्यको शुभकामना दिनु भएको थियो ।

Sunday, 14 April 2024

बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रूख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

 काठमान्डौ, २०८१ वैशाख ३

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रूख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैंचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रूख काटेको थियो। 

फूल फुल्दै गरेको बोधिचित्तको रूख काटिएको थियो। उक्त रूखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए। उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रूख काटेको थियो।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रूख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ। 


प्रहरीका अनुसार रूखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो। उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरूद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन्। उक्त रूखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो। रूख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ। बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ।

Tuesday, 2 April 2024

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति


२१ चैत २०८०/२१ चैत, काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ ।


 अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो । 

ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ ।पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।

स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ । मानिसहरु खुला स्थानमा गएर बसेको पनि देखिन्छ ।

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...