Saturday, 27 April 2024

अर्को खुला व्यायाम शाला थपियो सैनामैना नगर पालिकामा ।

सैनामैना,२०८१ वैशाख १५
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यायमशाला आज एक भव्य समारोहका बिच उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा रहेको खुल्ला चौरमा खुला व्यायामशाला निर्माण गरेको हो।

सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले खुल्ला व्यायमसाला उद्घाटन गर्दै उपचारका लागि भारतका बिभिन्न ठाउँमा उपचारका लागि धाउनुपर्ने बाध्यतालाई कम गर्न अव हरेक मानिसले हरेक दिन बिहान व्यायम गर्नुपर्ने वताउनुभयो । सैनामैनामा विकासको मामिलामा एकता भएकै कारण यो सम्भव भएको र अव प्रदेशकै नमुना प्रकृतिक चिकित्सालयको भरपूर उपायोग गर्न आग्रह गर्नुभयो । थप अर्को प्रशंग जोड्दै नगर प्रमुख शर्माले सैनामैना नगर अस्पताल आफ्नै कार्यकालमा भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको र अब संघिय सरकार संग समन्वयन गरी सैनामैनामा नगर अस्पताल संचालन गरिने, अस्पतालमा राज्यवाट उपकरण र जनशक्ति नआउँदा सम्म आधुनिक र सुविधा सम्पन्न गरी पर्रोहा हेल्थ पोष्ट
 

संचालन गरी नगर वासिको जन स्वास्थमा नगर पालिका पूर्ण रुपले अगाडी बढेको बताउनु भयो "व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण छन्,’ वडा नम्बर १ का अध्यक्ष भुवन बहादुर क्षेत्रि भन्छन्, ‘उमेर समूह, सहरवासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवनजस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएका छन्।’ जडान गरिएका सामग्रीहरूमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिंगल र डबल स्किलिङ मेसिन, सिंगल फिटनेस राइडरलगायत छन्। यस्तै लेग प्रेस, सिंगल रोइङ मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एन्ड फिटनेस राइडर, लेग लिफ्टर, बसेर तथा उठेर ट्विस्टर गर्ने मेसिनलगायत छन्।

खुला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको वडाध्यक्ष क्षेत्रिको भनाइ छ। एक अर्काे प्रसंङमा विगतमा उपभोक्ता समितिवाट भएका कामवाट वचत भएको रकम वडाकै विकासमा लगाउने वताउनुभयो । उपभोक्ता समितिवाट भएका कामबाट रमक बचत गरि देशकै नमुना काम गरेको उल्लेख गर्दै मुक्तकंठले प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।ख्ुाल्ला व्यमसाला उद्घाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नारायण पाण्डे, एमालेका सर्य बिक्रम राना, काङग्रेसका फटिक केसि, रास्वपाका एक बहादुर क्षेत्रि, जनमोर्चाका नन्द प्रसाद पोखरेल, समाजसेवि राम बहादुर कुँवर लगायते वडाले गरेको राम्रो कामको मुक्तकंठले प्रसंसा गरेका थिए । एकता टोलका अध्यक्ष रण बहादुर बस्नेतको स्वागतमा भएको कार्यक्रको वडा नम्बर एकका वडा सदस्य प्रेम भुसालको संञ्चालनमा सम्पन्न भएको थियो ।
अनिता चौधरी

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...