Friday, 3 May 2024

सैनामैना वडा नं४ले ५ दिने अचार बनाउने तालिम सम्पन्न:

 सैनामैना,२०८१ वैशाख २१

सैनामैना नगरपालिका वार्ड न-४ को ०८०/८१ को स्वीकृत कार्यक्रम बमोजिम सिप विकास उधमशिलता तालिम महिलाहरुका लागि ५ दिने अचार बनाउने तालिमको आज एक कार्यक्रमका बिच समापन गरेको छ।


समापन कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र प्रसाद शर्मा ज्युले सिकेको सिपलाई सहि ठाउँमा सदुपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभएको छ।

अब हरेक महिलाहरुले ब्यबसायिक बन्नुपर्ने भन्दै गाउँ घरमा उत्पादित बस्तुहरुको ब्यबस्थापन बजारीकरण मा स्थानिय सरकारले ब्यवसायिक संघ संस्थाहरु संग समन्व्य गरिने बताउनुभएको छ।आफुले सिकेको सिपको सहि तरिकाले सदुपयोग गर्दै घरमै बसेर घरपरिवार का सदस्य हरुको सहयोगमा मनग्य आम्दानी गर्नका लागि आग्रह गर्नुभएको छ।



नगरपालिकाले नगरभित्र रहेका युवायुवती महिलापुरुष सबैलाई बर्षेनी बिभिन्न खालका सिपमुलक तालिमहरु वार्ड स्तर बाट नगर स्तर बाट महिला संग उपप्रमुख कार्यक्रम अन्तर्गत तालिम भैइरहेको जानकारी गराउनु भयो।


महिला दिदिबहिनी हरुले गाउँघरमा बसेर केहि न केहि गरी आत्मनिर्भर बन्न प्रोत्साहन हुने गरि तालिमको आयोजना गरिएको हो।

बैशाख १७ गतेदेखी सुरु भएको तालिममा सैनामैना  नगरपालिका वडा नं -४ का ७२ घरधुरिका ७२ जना महिला हरुले तालिम लिनुभएको छ।


समापन समारोहमा जनप्रतिनिधि तेजनारायन सुवेदी सैनामैन-८ का वडाध्यक्ष बुद्दीराम चौधरी र जनप्रतिनिधि निशा परियार ले शुभकामना दिनुभएको थियो।

५ दिन सम्मको तालिमको प्रशिक्षक शोभा खत्री ले दिनु भएको थियो।

सैनामैना-४ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन वार्ड सचिब हेमराज चौधरीले गर्नुभएको थियो।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...