Monday, 29 July 2024

पर्रोहा बहुमुखी क्याम्पस SQC ले खिर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

 सैनामैना,श्रावण-१५,२०८१

पर्रोहा बहुमुखी क्याम्पसमा गठित SQC गुणस्तरका लागि विद्यार्थी समुहले साउन १५ खीर खाने कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा क्यामासमा अध्ययनरत छात्र छात्रा, प्रध्यापक,कर्मचारी लगायतलाई खीर खाने व्यवस्था मिलाइएको थियो । पर्रोहा बहुमुखी क्याम्पसमा गठत SQC ले शिक्षण सिकाइमा देखिएका असहजतालाई कम गर्दै गुणस्तर कायम गर्न क्रियाशिल रहको छ भने सरसफाई, रक्तदान तथा जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।






कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख हेम चन्द्र शर्माले बहत् शिक्षण सिकाइमा S Q C लाई थप प्रभाकारी बनाउँदै लैजाने  क्याम्पस योजना रहेको छ साथै यस शैक्षिक वर्ष रू १००००० वजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।


 सो कार्यक्रममा क्याम्पसका अर्थशास्त्र विभागका प्रध्यापक लोकनाथ अधिकारीले साउने १५ र यसको महत्व र अर्थतन्त्रमा यसको सम्बन्धको वारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा SQC सदस्य शारदा घिमिरेले समग्र विद्यार्थीहरुको तर्फ बाट धारणा राख्नु भएको थियो। कार्यक्रमको संचालन BBS प्रथम वर्ष अध्ययनरत छात्रा रेजिना कार्की क्षेत्रीले गर्नुभएको थियो ।


Thursday, 25 July 2024

साना किसान संस्था पर्रोहा र श्याम व० खड्का विचको जुहारी ।

 सैनामैना, श्रावण १० गते

किसानहरुको अभिभावक संस्था साना किसान कृषि सहकारी संस्था हो भनेर धेरै सहकारी अभियनताले भन्दै आएका छन् । सैनामैनामा पनि तीन वटा साना किसान संचालित छन् । सैनामैना -५ कर्वाह तरकारी खेती तथाभैसी पालन गरी सफल किसानका रुपमा चिनिएका श्याम बहादुर खड्का तिन कार्यकाल संस्थाकाे संचालक पदमा बसेर सक्रिय भई सक्रिय भई पर्रोहा साना किसान सहकारी संस्थामा किसानहरुको दुध संकलन गरी दुध डेरी चलाउन पर्छ भनी खटर डेरी संयोजक भई डेरी संचालन गर्नु भयो पछि संचालक पद त्यागेर त्यहि डेरीको कार्मचारी भई काम गर्दै जादाँ तलब विषयमा कुरा नमिले पछि जागिर छोडेर कपिलवस्तु स्थित निगलिहवा साना किसानमा जागिरे हुनु भए पछि नीज तथा साना किसान पर्रोहा कै पूर्व कर्मचारी माधव पौडेल मिलेर निजी डेरी पसल खोल्दा समग्स पर्रोहा साना किसान सहकारीलाई घाटा हुन्छ भन्दै जिल्ला संघमा पत्र लेख्नु भएछ । तर एउटा स्थापित संस्थाले व्यक्तिको पछाडी लागेर जुहारी खेल्नु भन्दा आफ्नो गुणस्तरमा सुधार गर्न लाग्नु राम्रो हो । जागिर खानु, रोजगारी छनौट गर्न पाउनु तथा व्यवसाय गर्न पाउनु व्यक्तिगत स्वतन्त्रता संविधान पदत अधिकार नै हो । एउटा संस्थाको प्रवन्धकले अर्को संस्थाको कर्मचारीको  जागिर नै खानेगरी पत्रचार गर्दा अति उत्तम हुँदैन ।



Sunday, 7 July 2024

पर्रोहा स्वास्थ्य चौकीमा न्युनतम सेवा मापदण्ड सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ

सैनामैना, २०८१/३/२३,आइतबार

सैनामैना नगरपालिका वडा नं. ४ मुर्गियामा रहेको पर्राेहा स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्ड अग्रणी स्थानमा सेवा पुऱ्याउँदै आएको स्वास्थ्य चौकी   न्युनतम सेवा मापदण्ड सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाका ८ पालिका स्तरका स्वास्थ्य शाखा प्रमुख सैनामैना नगरपालिकाका १० वटा स्वास्थ्य संस्थाका प्रमुख सहित सिकाई आदान प्रदान एबम अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ।

नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत  जिल्ला स्वास्थ्य प्रमुख ज्यु लगायत सैनामैनाक स्वास्थ्य प्रमुख सहितको उपस्थिति रहेको थियो । सो कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...