काठमान्डौ, साउन -२४,२०८१
सैनामैना नगरपालिका विकासवादी नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा नगरमा संचालित विभिन्न विकासका योजना सफल बनाउन हिजो आज मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा दौडधूप बढाउनु भएको छ।
सैनामैना नगर अस्पताल संचालन बजेट तथा जनशक्ति ब्यवस्थापन,पर्राेहा माध्यमिक बिध्यालयको तेस्रो तल्ला थप पुर्बाधार भवन निर्माणका लागि बजेट ब्यवस्थापन, पर्राेहा बोलबम धामको विकासका लागि थप अधुरो काम सम्पन्नका लागि बजेट ब्यवस्थापन फला ब्यवस्थापनका लागि जग्गा एब बजेट" तथा समग्र सैनामैना नगरपालिकाको बिकासका लागि उपप्रधानमन्त्री एब अर्थमन्त्री मा.बिष्णु पौडेल संग अर्थ मन्त्रालयमा तथा स्वास्थ्य मन्त्री प्रदिप पौडेल संग स्वास्थ्य मन्त्रालयमा छलफल गर्नु भएको वडा अध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्मा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली सैनामैना नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी पनि सँग रहनु भएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिब त्रय डा बिकास देबकोटा डा रोसन पोखरेलज्यु सचिब हरिप्रसाद मैनाली ज्यु डा पुष्प घिमिरे ज्यु लगायत संघीय मामिला मन्त्रालयमा समेत छलफल सम्बाद भएको जनाइएको छ ।
स्वास्थ्यसेवा बिभाग टेकुमा सैनामैना नगर अस्पतालका लागि आवश्यक उपकरण माग लगायत बिबिध बिषय मा सैनामैना नगरपालिका सँग छलफल भएको छ ।



No comments:
Post a Comment