Thursday, 3 April 2025

सैनामैना उद्योग वाणिज्य संघले व्यवसायिहरुको स्थानिय व्यवसाय करमा लाग्ने जरीवाना छुट गर्न माग पत्र पेश गरेको छ ।

 सैनामैना , २०८१ चैत्र २१

उद्योगी ,व्यापारी तथा व्यवसायिक संघ संस्थाहरुको छाता संघ सैनामैना उद्योग वाणिज्य संघले आज सैनामैना नगरपालिकाका नगर प्रमुख समक्ष स्थानिय व्यवसाय करमा जरीवना छुट माग गर्दै नगरपालिकामा डेलिगन गएको छ । 

सो अवसरमा सैनामैना नगरपालिकभित्र संचालन भई आएका उद्योग व्यवसायहरु कोरोना महामारीका कारण आर्थिक मन्दि बढ्‌दै गइरहेको अवस्थामा धरासायी हुँदै गएका छन् । 

यस अवस्थालाई मध्यनजर गर्दै धेरै वर्षपछि व्यवसाय नविकरण गर्न जाँदा जरिवाना अत्याधिक भएका कारण उद्योगी, व्यवसायीहरुले व्यवसाय नविकरण नगरेको अवस्था छ। यस अवस्थालाई मध्यनजर गर्दै उद्योगी व्यवसायीहरुलाई बढी कर लिनु भन्दा करको दायरा बढाउँदा सैनामैना नगरपालिकालाई समेत राजश्व बढ्ने हुँदा आषाढ मसान्त सम्ममा नविकरण गर्ने उद्योगी व्यवसायीहरुलाई कर तथा जरिवाना छुट गरी सहयोग गर्न नगर प्रमुख फणेन्द्र प्रसाद शर्मालाई माग पत्र पेश गरेको छ । सो अवसरमा नगरप्रमुख शर्माले कार्यपालिका बैठकमा राखेर व्यवसायिका माग पूरा गरेर जाने साथै कानुनीरुपमा अर्चन आउने भएमा नगर परिषदमा राखेर उद्योग र व्यापार मैत्री कर नीति तयार गर्ने र सम्मुन्न नगर पालिका निर्माणमा आफूले उद्योगी व्यापारी र व्यवसायहरुलाई संगै साथ लिएर जाने बताउनु भएको छ ।

आज सैनामैना नगरपालिका कार्यकक्षमा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोख्रेल, बरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी, वाणिज्य उपाध्यक्ष नारायण पन्त , महासचिव दिपेश्वर पौडेल, कोषाध्यक्ष उदय खनाल र सचिव गुरु पराजुली लगाएतको उपस्थिती माग पत्र पेश गरिएको थियो ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...