Friday, 11 April 2025

सुनगाभा पब्लिक स्कुलमा नतिजा प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न

 

सैनामैना, रुपन्देही

शिक्षा क्षेत्रमा नेपालमै आफ्नो छुट्टै पहिचान बनाएको रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गिया स्थित सुनगाभा पब्लिक स्कुलले आफ्नो नतिजा प्रकाशन गरेको छ। विद्यालयले बिहीबार एक कार्यक्रमका बिच २०८१ सालको नर्सरी देखि कक्षा ९ सम्मको वार्षिक परीक्षाफल प्रकाशन र पुरस्कार वितरण गरेको छ, भने आईएसओ लोगो अंकित प्रमाणित प्रमाण–पत्र पनि प्राप्त गरेको छ । 



वार्षिक परीक्षाफलमा उत्कृष्ट नतिजा प्राप्त गरेका विधार्थीहरुलाई पुरस्कार वितरण गर्दै राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय प्रमुख रमाकान्ता तिवारीले सुनगाभा स्कुल एसएलसी नेपाल प्रथम भएसंगै अब्बल विधालयको रूपमा देशमै पहिचान बनाइसकेको बताउनुभयो । 









उहाँले विधालयको शैक्षिक विकास र उपलब्धि प्राप्त गर्न विधार्थी, शिक्षक अभिभावकको महत्त्वपूर्ण भुमिका हुनाले यि तिन पक्षकाे सक्रियताले सुनगाभाको शैक्षिक अब्बलताको चर्च देशभरी हुने गरेको बताउदै विद्यालयको थप शैक्षिक गुणस्तर विकासका लागि विधार्थि, शिक्षक र अभिभावक नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।


यसैबीच आईएसओ नेपालका प्रतिनिधी सुदिप शर्माले विद्यालयका अध्यक्ष डिल्लीराज गौतम र विधायलका प्राचार्य तिलव के.सि.लाई आईएसओ अंकित लोगो प्रमाणित प्रमाण–पत्र प्रदान गर्नुभएको छ । 


 विद्यालयले शिक्षाको गुणस्तर, भौतिक संरचना, विधालयको व्यावस्थापकीय र प्रशासकिय उत्कृष्टता, सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड पुरा गर्दै अन्तर्राष्ट्रिय मान्यताको आईएसओ लोगो अंकित प्रमाणित प्रमाण–पत्र प्रदान गरिएको आईएसओ नेपालका प्रतिनिधी सुदिप शर्माले बताउनुभयो । 


आईएसओ प्राप्त गरेसंगै विधालयको स्तर विशिस्टिकृत हुनाले विधालयको थप शैक्षिक विकासका लागि विधार्थी शिक्षक अभिभावकले अझ अब्बल बनाउन लाग्नुपर्ने सुझाव दिनुभयो । 


सैनामैना-३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले सुनगाभा स्कुलले दिने उत्कृष्ट नतिजाले नै अब्बल विधालयको रुपमा परिचीत विधालयले आइ.एस.ओ प्रमाणित प्रमाणपत्र पाएसंगै शैक्षिक विकासतर्फ अगाडि बढेकाे उल्लेख गर्दै थप शैक्षिक सफलताको शुभकामना दिनुभयो ।


विद्यालय संचालक समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल तिलब केसीले गुणस्तरीय शिक्षा, सीपमुलक शिक्षा र संस्कारयुक्त शिक्षालाई विद्यालयले प्रमुख एजेण्डा बनाएर अध्यापन गराइरहेको बताउनुभयो ।  विधार्थि, शिक्षक, अभिभावक, विधालय व्यवस्थापन समितिको अथक मेहेनतले विधालयले आईएसओ प्रमाणपत्र पाउनु गर्वको कुरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । साथै यो मान्यतालाई कायम राख्न निरन्तर अब्बल शैक्षिक विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...