Sunday, 27 April 2025

सियारी गाँउपालिका दुई दिने सहकारी व्यवस्थापन तालिम समुद्घाटन ।

 सियारी, वैशाख -१४, २०८२

सियारी गाउँ पालिका सहकारी शाखाको आयोजनामा दुई दिने सहकारीका लागि सहकारी व्यवस्थापन तालिम आज सियारी गाउँ पालिका अध्यक्ष विकास प्रेमी नेता थानेश्वर घिमिरेले समुद्घाटन गर्नु भयो । 


सो क्रममा वहाँले सियारी गाउँपालिका भित्र रहेका हरेक सहकारी राज्यको कानुन भन्दा बाहिर गएर नचलाउन निर्देशन दिनुभयो । कुनै पनि सहकारीलाई जनताको पैसा अपचलन गर्ने अधिकार नरहेको जानकारी गराउनु भयो । वहाँले यस गाउँ पालिकामा संचालित हरेक सहकारीलाई मर्यादित एवं सुशासन सहितका  सहकारी बनाउन सहकारी कर्मीलाई सहकारी तालिम, सिप र प्रविधिको विकास गर्न आफूले गाउँपालिकाको योजना र नीति निर्माणमा प्राथमिकता दिएको बताउनु भयो ।


सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया थारूले अब सियारीका सबै सहकारीलाई ०८२ / ०८३मा प्रविधि युक्त अनिवार्य गरिन बताउनु भयो । प्रविधि जान नसक्ने सहकारीलाई अनिवार्य मर्चिन गरिने गाउँ पालिकाको योजना रहेको बताउनु भयो । सो कार्यक्रममा सहकारी सकारी विज्ञ एवं सहकारी अभियन्ता लोकनाथ अधिकारीले प्रमुख सहजीकरण गर्नुभएको थियो।


 सो अवसरमा सहकारीमा सुशासन, सहकारीमा सदाचारिता ,सहकारीमा आन्तरिक नियन्त्रण र स्वनियमनका विषयमा सहजीकरण गर्नुभएको थियो। अर्का प्रशिक्षक कमल भट्टराईले सहकारीको अर्थ सिद्धान्त र मूल्य मान्यता को सहजीकरण गर्नुभएको थियो। सो कार्यक्रम आज र भोलि स्री सियारी गाउँपालिकाको सभाहलमा हुने आयोजकले जनाएको छ। कार्यक्रममा सियारी गाउँपालिकामा रहेका विभिन्न ३८ वटा सहकारीका अध्यक्ष व्यवस्थापक तथा सञ्चालकहरूको सक्रिय उपस्थिति रहेको थियो। सो कार्यक्रममा कृषि शाखाका शाखा प्रमुख त्यसैगरी सियारी सहकारी सञ्जालका अध्यक्ष सूर्यनारायण यादव गाउँपालिका उपाध्यक्ष माया थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। सो कार्यक्रम सियारी गाउँपालिका सहकारी शाखा अधिकृत लक्ष्मी खत्रीद्वारा सञ्चालन गरिएको थियो।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...