Saturday, 10 May 2025

पर्रोहा बहुमुखी क्याम्पसमा विदाई समारोह सम्पन्न ।

 सैनामैना, २०८२ बैशाख, २८ गते

लुम्बिनी प्रदेशकै उत्कृष्ठ शैक्षिक प्रतिष्ठानका रूपमा परिचित सैनामैना नगरपालिका वडा नं. ४ अवस्थित पर्रोहा बहुमुखी क्याम्पसमा अध्ययनरत वि.वि.एस . चौथो वर्षका विद्यार्थीहरुलाई अन्य वर्षका विद्यार्थीहरुले सैनामैना-२ मा रहेको ग्लोबल पार्टी प्यालेसको सभाहलमा  विदाई समारोह सम्पन्न गरेका छन् ।


क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यता रहेको  समारोहमा क्याम्पस प्रमुख हेम चन्द्र खराल, व्यवस्थापन विभाग प्रमुख जगन्नाथ गौतम, ECA प्रमुख मोहन शर्मा, QAA फोकल प्रसन दिन प्रसाद घिमिरे, जनसम्पर्क (PIC ) संयोजक लोकनाथ अधिकारी, अधिवक्ता तथा कानून प्रध्यापक फर्साराम आचार्य, लगाएतको आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो मौलिक संस्कृति अनुसारका विभिन्न नृत्य तथा गायन कला प्रस्तुती गरेका थिए । 


सो कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष खुसीराम चौधरी, क्याम्पस प्रमुख हेमचन्द्र खराल तथा प्रध्यापक जगन्नाथ गौतम र विविएस चौथो वर्षकी छात्रा चित्र कुमारी विक लगायतले विदाइ मनतव्य दिनुभएको थियो भने विविएस प्रथम वर्षकी  छात्रा मोनिका नेपालको अध्यक्षता तथा विविएस तृतीय वर्षकी छात्रा सिता कणेलको स्वागत साथै विविस द्वितीय वर्षकी छात्रा रेजीना कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...