Friday, 22 August 2025

पर्रोहा बहुमुखी क्याम्पसको BBS चौथो वर्षको नतिजा उत्कृष्ट

 

सैनामैना , भाद्र- ६, २०८२
त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको स्नातक तह (वाणिज्यशास्त्र) अन्तर्गत BBS चौथो वर्षको परीक्षा परिणाम प्रकाशित भएको छ। यसपटक रुपन्देहीको पर्रोहा बहुमुखी क्याम्पसले देशमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ।

यस क्याम्पसकी विद्यार्थी डिला कुमारी शर्मा ८०.२ प्रतिशत अङ्क प्राप्त गर्दै सम्पूर्ण नेपालमै सर्वोत्कृष्ट विद्यार्थी घोषित भएकी छन्। साथै क्याम्पसका थप ४ जना विद्यार्थीले विशिष्ट श्रेणी (Distinction) प्राप्त गरेका छन् भने १२ जना विद्यार्थीले प्रथम श्रेणी (First Division) हासिल गरेका छन्।

क्याम्पसका अनुसार यस वर्ष जम्मा ३४ विद्यार्थी उत्तीर्ण भएका छन् भने कूल सफलता दर (Overall Pass Rate) ७४ प्रतिशत रहेको छ।

यसअघि पनि नेपालकै पहिलो स्थानमा आउन सफल भएको पर्रोहा बहुमुखी क्याम्पस शैक्षिक दृष्टिले उत्कृष्ट मानिँदै आएको छ। व्यवस्थापन विषयमात्र अध्यापन हुने यो क्याम्पसले व्यवस्थापन शिक्षामा निरन्तर राम्रो सफलता हासिल गर्दै आएको छ।

उत्तीर्ण विद्यार्थीहरूको संक्षिप्त विवरण :

  • Distinction : ५ जना
  • First Division : १७ जना
  • जम्मा सफल : ३४जन  
उत्कृष्ट विद्यार्थीहरूको नामावली (Distinction प्राप्त गर्ने):

१. डिला कुमारी शर्मा
२. यमुना काउचा घर्ती
३. सन्दीप पाण्डे
४. बिनिता शर्मा
५. चित्रा कुमारी बी.के.

प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीहरू:
ममता भट्टराई, यसोधा सापकोटा, पूजा बलाल, सन्ध्या सापकोटा, सङ्गिता गुरुङ, आयुष्मा पौडेल, पूर्णा खवास, रेखा खनाल, सबित्रा न्यौपाने, सालिना थापा मगर, प्रतिज्ञा के.सी., अम्बिका पौडेल।

अन्य सफल विद्यार्थीहरूमा कविता छेत्री, मञ्जु ढकाल, सञ्चिता पौडेल, सुस्मिता थारु, दीक्षा पौडेल, पूजा हरिजन, टिका सापकोटा, विवेक कठरिया थारु, अलीना थारु, कुसुम थापा, महिमा कठरिया थारु, ममता मरासिनी, जमुना खनाल, उषा कुँवर, नन्दकिशोर लोनीयार, अम्बिका भुषाल र निशा सुनार रहेका छन्।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...