सहकारी शिक्षा तालिम सम्पन्न ।
सैनामैना- जेष्ट ,२७
चौतारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कार्ययोजना अर्न्तगत आज ग्लोबल पार्टी प्यालेसको सभाहलमा सहकारी शिक्षा तालिम सम्पन्न भएको थियो । सो कार्यक्रममा कार्यसमिति तथा शेयर सदस्य गरी ८० जनाको सहभागिता थियो ।
कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष लोकनाथ अधिकारीले वर्तमान विश्वव्यापी मन्दीमा सहकारीलाई सवल रुपमा संचालन गर्न सहकारी शिक्षा कोसे ढुङ्गा सावित हुने बताए थिए सहकारीमा नीति भन्दा व्यक्ति ठूलो हुंदा आज सहकारीमा संकट सिर्जना भएकाले सहकारी नीतिले र विधिले संचालन भए नभएको राज्यले अनुगमन गर्न आवश्यक छ , यस प्रति राज्य उदासिन देखिन्छ भनेका थिए
सो कार्यक्रममा सहकारी अभियनता होमनाथ ढुङ्गाना , लोकनाथ अधिकारी तथा जगन्नाथ गौतमले सहजिकरण गरेका थिए 'सो कार्यक्रम चौतारी वचत तथा ऋण सहकारी संस्था लि का शिक्षा समिति संयोजक चिन्तामणी भुसालको अध्यक्षता तथा शिक्षा समितिका सदस्य रामकृपाल चौधरीले स्वागत साथै शिक्षा समितिका सदस्य कमलचन्द्र पौडेलले संचालन गरेको जानकारी संस्थाकी व्यवस्थापक सुमना अर्याल दिइन ।


.jpg)
No comments:
Post a Comment