श्रावणी जलार्पण मेला २०८० भव्यरूपमा आयोजना गरिदै ।सैनामैना, जेठ २८,
नेपालकै ऐतिहासिक तिर्थ स्थल रुपमा रहेको रुपन्देही जिल्ला सैनामैना नगरपालिकाको गौरव बोकेको पवित्र तीर्थस्थल श्री पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङ्ग बोलबम धाम विश्वकै पवित्र पशुपति धाम पछिको दोस्रो पशुपतिको रूपमा स्थापित हुँदै आएको छ ।
यस पवित्र देव भुमीमा अषाढ १८ गते गुरु पुर्णिमा देखि भाद्र १४ गते जनैपुर्णिमा सम्म आयोजना हुने श्रावणी जलार्पण यात्रा एबं श्रावणी मेला कार्यक्रम २०८० को तयारीको लागि प्रारम्भिक छलफल तथा श्रावणी जलार्पण यात्रा ब्यबस्थापन समिति-२०८० गठन कार्यक्रम हिजो एक समारोह विच गठन सम्पन्न भएको छ । विगतमा , यात्रा चलाउने समितिमा बुटवल बासीकै बढी प्रतिनिधित्व हुने यात्रा व्यवस्थापन मूल समितिमा यस पटक सैनामैना कै नयाँ अनुहारहरु देखिएका छन् ।
प्रचार प्रसार र सूचनाको कमीले विगतमा जस्तो रोनक आज भोलीका वर्षमा श्रावणी मेलामा देखापर्न सकेको छैन । यसमा मन्दिरको व्यवस्थापन पक्ष फितलो महशुस श्रद्धालुहरू ले गरेका छन् । विगतमा ४,५ सोमवार यात्रा संचालन गर्नुपर्ने थियो भने यस वर्ष अधिक मासका कारण यहि अषाढ १८ गते गुरू पूर्णिमा देखि भाद्र जनै पूर्णिमा सम्म जलार्पण कार्यक्रम रहने हुँदा नौ वटा सोमवार यात्रा संचालन गर्न आफैमा चुनौती देखा पर्न सक्छ त्यसर्थ यस क्षेत्रको प्रचार प्रसार गर्न यि ९ वटा सोमवारलाई अवसरका रुपमा लिनु पर्ने कुरा धार्मिक व्यक्तित्वहरुले भनेका छन् ।
(फोटो सहयोग सुरेश परियार )विश्व हिन्दु धर्मालम्बी,धर्म प्रति आस्थावान भोले भक्त देश,बिदेशमा रहनु हुने सबै भक्तजनको आस्थाको केन्द्रको रुपमा लैजान गठित समितिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई यस प्रति केन्द्रीकृत गर्ने कार्यक्रम बनाउनु आवश्यक रहेको देखिन्छ । पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम हामी सबैको आस्था बनाउन सैनामैना नगरवासी लाग्नु पर्छ ।
हाम्रो
प्रधान सम्पादक : लोकनाथ अधिकारी
सम्पर्क/ठेगाना:
सैनामैना -३, रुपन्देही, लुम्बिनी प्रदेश
ईमेल
: Loknathsir0827@gmail.com
विज्ञापनका लागि सम्पर्क:
९८५७०८५१५१,९८४७०३६१५१



No comments:
Post a Comment