Friday, 30 June 2023

सहकारी सुदृढिकरण तालिम संचालन

 अषाढ -१५, सियारी

सहकारी सुदृढिकरण तालिम संचालन ।

सियारी गाउँपालिकाको आर्थिक सहयोग तथा रुपन्देही वचत तथा ऋण सहकारी संघको आयोजनामा दुई दिने सहकारी सुदृढिकरण तालिम आज सियारी स्थित एभरेष्ट फिस रिसोर्ट मा संचालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सहकारीलाई गल्ती गर्ने छुट नभएको, जनताको बचत सुरक्षित रहनु पर्ने औल्याए भने सियारीमा संचालित सहकारीहरुलाई  सबल बनाउन आफूले थप योजना ल्याउने बताएका छन् सो कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष तारा थारू, नेपाल वचत तथा ऋण सहकारी संघ का केन्द्रिय बरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, रुपन्देही वचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने लगाएतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

सो कार्यक्रम रुपन्देही वचत तथा ऋण सहकारी संघका संचालक तथा शिक्षा समिति संयोजक खेमराज पान्डेको अध्यक्षता तथा कोषाध्यक्ष भोज बहादुर बुढाथोकी को स्वागत

 र शिक्षा समिति सदस्य लोकनाथ अधिकारीको संचालनमा समुद्घाटन समारोह सम्पन्न भएको थियो ।


 सो कार्यक्रममा सियारी गाउँपलिकाका ३३ वटा सहकारीलाई सहयागी गराइएको साथै सहकारी अभियन्ताहरु खेमराज पान्डे र लोकनाथ अधिकारीले दुई दिन सम्म सहजीकरण गर्ने संस्थाकी प्रबन्धक शर्मिला भट्टराईले जानकारी दिएकी छन् ।



No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...