Monday, 3 July 2023

पाँचवटा गजुर राख्दै श्रावणी जलार्पण समुद्घाटन

 सैनामैना-, अषाढ १८

पाँचवटा गजुर राख्दै श्रावणी जलार्पण समुद्घाटन ।      

नेपालकै ऐतिहासिक तिर्थ स्थल रुपमा रहेको लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला सैनामैना नगरपालिकाको धार्मिक एवं पर्यटकिय गौरव बोकेको पवित्र तीर्थस्थल श्री पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङ्ग बोलबम धाम विश्वकै पवित्र पशुपति धाम पछिको दोस्रो पशुपतिको रूपमा स्थापित हुँदै आएको छ ।  यस्तो पवित्र देव भूमीमा विगत देखि श्रावन महिनामा

 
जलार्पण कार्यलाई निरन्तर दिदै आएको पाइन्छ ।
यस वर्षको जलार्पण कार्यक्रम सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग धामका संरक्षक प्यासाचार्य किशोर गौतम र नगर उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यतामा श्रावणी जलार्पण २०८० को नगर प्रमुख फणेन्द्र शर्माले समुद्घाटन गर्नु भयो । सो कार्यक्रम  धाम व्यवस्थापन समितिका अध्यक्ष राम वली चौधरीको अध्यक्षता तथा महासचिव प्रेम खरेलको संचालनमा सम्पन्न भएको थियो । यसै क्रममा आजै निर्माणाधिन धाममा मूल गजुर सहित पाँचवटा    गजुर राख्ने काम पनि सम्पन्न भएको जानकारी मन्दिर व्यवस्थापन पक्ष जानकारी दिएको छ ।

           
  पश्चिम नेपालको ऐतिहासिक धार्मिक आस्थाको धरोहर श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा नेपाल तथा भारतका लाखौँ भक्तहरुको आस्था र विश्वास सँग जोडिएको छ । वर्षेनी लाखै भक्तजन यस तिर्थस्थलमा जलार्पण गर्न आउने गरेका छन् हरेक वर्ष सोमवार विशेष घुइचो हुने गरेको छ । यस धाममा जलार्पण गर्नाले रोग ब्याधीले दुःख नदिने, छालारोग, मनरोग निको हुने पवित्र आत्माले चिताएका मनोकांक्षा पुरा हुने दर्शानार्थीहरुको विश्वास रहेको छ। 

यस वर्षको बोलबम जलार्पणश्रावणी मेला तथा अधिकमास शिवार्चना ,पुरुषोत्तम ,हरिहर कथा -२०८० कार्यक्रम सदाका बर्षमा झै  यहि अषाढ १८ गतेदेखि भाद्र १४ गते सम्म बिभिन्न तिर्थ स्थलहरुबाट पबित्र जल उठाइ पैदल ,काँवर , सवारी साधन तथा रथ यात्राद्वारा बोलवम धाममा जलार्पण कार्यक्रम  आयोजना गरिएको हुँदा धाम कार्य समिति का सम्पुर्ण पधाधिकारी ,सल्लाहकार,लेखा समिति,कर्मचारी, सम्पुर्ण पधाधिकारी आ आफ्नो जिम्मेवारी अनुसार खटेर यात्रा ब्यबस्थापनलाई भव्य र सभ्य बनाइने यात्रा ब्यबस्थापन महासचिव कृष्ण कण्डेलले जानकारी दिएका छन् । 

जलार्पण यात्रामा महिला दिदी बैनीहरुलाई सहज बनाउन महिला परिचालन समिति बनाइएको छ । यस वर्ष अधिकमास, शिवार्चना,पुरुषोत्तम हरिहर पुजा ब्यबस्थापन गर्ने भएको छ भने यस वर्षको जलार्पण हरेक दर्शनार्थीले भगवान शिवको सहजै पुजा गर्ने सक्ने वातावरण बनाउने समितिले जनाएको छ यस वर्षका नौ सोमवार शिवलाई जल अर्पण गरी पून्य आर्जन गर्नुहुन घाम व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई अनुरोध समेत गरेको छ।       
 श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा यहीँ २०८० साल आषाढ १८ गते गुरुपूर्णिमा देखि भाद्र १४ गते जनैपूर्णिमा सम्म बोलबम श्रावणी जलार्पण यात्रा तथा श्रावणी मेला-२०८० कार्यक्रम साथै श्रावण ०२ गते देखि श्रावण ३१ गते सम्म अधिकमास शिवार्चना पुरुषोत्तम हरिहर कथा सँचालन गरिने भएको र श्रद्धालु भक्तजनहरुले स्वदेशका पवित्र तिर्थस्थल, कपिलवस्तु जिल्लाको लक्ष्मणघाट यात्रा २०८०-आषाढ-१८ सोमबार,सैनामैना नगरपालिका वडा न.-३ मा अवस्थित कालीरद २०८०-आषाढ ३० गते बिहान  ,नवलपरासी जिल्लाको त्रिवेणीधाम पैदल यात्रा श्रावण ११,१२,१३र १४ गते , पाल्पा,स्याङ्गजा र गुल्मी जिल्ला को संगम स्थल रिडीक्षेत्र रुरु धाम २०८०-श्रावण-२६-२७, तनहुँ जिल्लाको देवघाटधाम भाद्र ८-९गतेका दिन उल्लेखित तिर्थ स्थलहरु बाट, काँवर कमण्डलुमा वैदिक विधिले जल उठाई बोलवम-बोलबम को भजन किर्तन सहित साधु सन्त,महन्थ,गुरुजनहरुको साथमा रथ शोभायात्रा,पैदल शोभायात्रा,सवारी साधनको यात्रा एवँ मोटरसाईकलको यात्रा चलाईने कार्यक्रम को पुर्ब तयारी भै रहेको ब्यहोरा सम्पुर्ण भोलेभक्त श्रद्दालु भक्तजनहरुमा यात्रा समितिले अनुरोध गरेको छ ।




                                                                                                                   
    


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...