Wednesday, 12 July 2023

सहकारी संस्थावाट लिएको ऋणको समयमैं साँवा ब्याज किस्ता भूक्तानी गर्न सैनामैना नगर पालिकाको निर्देशन


सैनामैना, अषाढ-२७

सैनामैना नगरपालिकाबाट सहकारीहरूलाई निरन्तर सक्रिय बनाउन तथा जनताको वचतको सुरक्षा गर्न नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले एक सूचना जारी गर्नु भएको छ।


उक्त जारी नगर पालिकाको सूचनामा सहकारी संस्थाहरुबाट ऋण लिइ निर्धारित समय भित्रै सोको साँवा व्याज चुक्ता गर्न पटक पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेका कारण सहकारी संस्थाहरुमा सदस्यको बचत फिर्ता गर्न समस्या परेकाले ऋण असुलीमा सहजिकरण गर्न सहकारी संस्थाहरुबाट अनुरोध भै आएको सन्दर्भमा यो सूचना प्रकाशित गरिएकोछ । हाल सहकारी संस्थाबाट ऋण लिई नियमित रुपमा किस्ता नवुझाउने, तोकिएको म्याद भित्र ऋणको साँवा व्याज नवुझाउने र यदाकदा समाजमा ऋण तिर्न नपर्ने भन्ने जस्ता वित्तिय अराजकताहरु देखिएका छन । 

कोहि कसैले सहकारी संस्थाहरुबाट ऋण लिएर नपर्ने कल्पना गरेको भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न सैनामैना नगरपालिका हदै सम्म कठोर हुने कुरामा स्पष्ट पार्न चाहन्छ । यसर्थ सैनामैना नगरपालिका नियामक क्षेत्र भित्रका सहकारी संस्थाहरुका सम्पुर्ण ऋणी सेयर सदस्यहरुलाई समयमै ऋणको सावा, व्याज, किस्ता भुक्तानी गरी सहकारी संस्थाहरुलाई समस्याग्रस्त हुनबाट जोगाउन सम्पुर्ण सहकारी सेयर सदस्यहरुलाई सैनामैना नगरपालिका हार्दिक अनुरोध गर्दछ भनिएको छ।

अत सैनामैना नगरपालिका नगर प्रमुख द्वारा जारी गरिएको यस सूचनाको सहकारीकर्मीहरुवाट सर्वत्र प्रशंसनीय कार्य भएको जानकारी दिएका छन्। सहकारीका संचालकहरुले नगर पालिका तथा नगर प्रमुखले अभिभावकीय भूमिका निर्वाह गरेको बताएका छन्।





No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...