सैनामैना, अषाढ-३०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद चरम उत्कर्षमा पुगेको छ । आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको विषय सतहमा आएको हो ।
रास्वपा सैनामैना र्यापिड एक्शन टीम संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले बुधवार राति पार्टी कार्यालयमा बोलाएर आफूलाई कुटपिट गरेको र उल्टै आफूविरुद्ध कुटपिटको उजुरी दिएको बताए । सैनामैनाका दामोदर खत्रीले सामाजिक संजालमा पनि पार्टीको गुठबन्दी र विधान विपरित कामलाई राख्दै आएका थिए ।
उनले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टी विधानअनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली, क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको दाबी गरे ।
पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाएर उनीहरूको समूहले आफूमाथि आक्रमण गरेपछि आफूले त्यसको प्रतिरक्षा मात्रै गरेको उनले बताए ।
आफूमाथि कुटपिट भए पनि पार्टी भित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरूले उल्टै आफूविरुद्ध उजुरी दिएको उनको भनाइ रहेको हाम्रा सम्वाददाताका जानकारी अनुसार
पिडित दामोदर खत्रीले भनेका छन् भरखरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्दा उल्टै कारवााही गर्ने र स्थापना कालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका व्यक्तिलाई तँ सदस्यनै होइनस् भनेर कुटपिटमासमेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने उनले बताए ।



No comments:
Post a Comment