Saturday, 22 July 2023

सद्भाव, सहिष्णुता र एकताको उदाहरण सैनामैनामा, ४१ औँ विपी स्मृति अनुकरणीय बन्यो ।


सैनामैना श्रावण -६,

सैनामैना नगरपालिकाले श्रावण -६ गते बिपि स्मृति दिवस र ७ गते पुष्पलाल स्मृति दिवसका अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने संस्कृतिको बिकास गरेको छ। ठूला राजनैतिक दलहरु बिच सत्ता प्राप्तिका लागि निकै तल्लो स्तरमा झरेर आपसमा द्वन्द्व गर्ने गरेका घटनाहरु देखिरहनु परेको अवस्थामा कम्तिमा दलका संस्थापकहरुलाई सम्झिंदा एकैठाउँ उभिएको देख्दा सबैलाई अलिकति भए पनि राहत महसुस भएको सहभागी हरूले बताए छन् । कार्यक्रममा उपस्थित   जनसमुदायले   सैनामैनाको नेतृत्वप्रती सम्मान ब्यक्त नगरिरहन सकिदैन बताएका छन्। सैैनामैनान नगरपालिका प्रथम निर्वााचित नगर प्रमुुख चित्र वहादुर कार्कीले  यो  परम्परा

 



बसाएका थिए । त्यसै परम्परालाई  थप उचाइमा पुर्‍याउँदै वर्तमान नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा , वि पी स्मृति दिवसका अवसरमा सैनामैना कलौनी स्थित सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रांगणमा बृक्षा रोपण कार्य सप्पन्न भएको छ। कार्यक्रममा सार्वजनिक लेखा समितीका पुर्व सभापति भरत कुमार शाह, प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँण, सैनामैना पुर्व नगरप्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना मगर लगाएत सयौंको उपस्थिति रहेको थियो।
सो कार्यक्रम सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षता तथा सैनामैना नगर पालिका वडा नं.४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
सो क्रममा सैनामैनाका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न सामाजिक संघसंस्था प्रमुख तथा प्रतिनिधि हरूको विशेष उपस्थितिमा विभिन्न प्रजातिका विरुवा रोप्ने काम भएको थियो ।


भोली श्रावण ७ गते बामपन्थी आन्दोलनका धरोहर पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा सैनामैना नगरपालिका वडा नं.५, बक्सड डाँडामा यसैगरी बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागीताका लागि समेत अउरोध गरेको छ ।


सैनामैना नगरपालिकाका हरेक बाटा सार्वजनिक स्थल, टोल वस्ती हरियाली शहर( ग्रिनरी सिटी ) निमार्ण गर्ने वर्तमान नगर प्रमुखको अभियान सफल हुँदै । पर्यावरणीय सुन्दर नगरी सैनामैना हामी सबको चहाना एक कोसो ढुङ्गा सावित बनाउँदै नगर पालिकाको समग्र टिम सक्रिय रहेको छ।




No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...