पर्रोहा माध्यमिक विद्यालयमा वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ। समग्र सैनामैना ग्रिनरी बनाइने नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको भनाइ ।

सैनामैना, अषाढ-२३,


सैनामैना नगरपालिका वडा नं.४ मुर्गियामा रहेको श्री पर्रोहा माध्यामिक विद्यालयको हाता भित्र हरियाली प्रवर्द्धनमा समुदायको सहभागीता भन्दै, विभिन्न प्रजातिका फलफूलका विरुवा रोपण गरिएको विद्यालयका शिक्षक धनबहादुर रानाले बताए छन् ।

 कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बोट बिरुवा लगाउनु भन्दा पनि बचाउनु ठुलो कुरा रहेको र आफ़ू यस विधालयको विद्यार्थी र विगत लामो समय विधालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा थुप्रै विरुवाहरु लगाएको र अहिले विधालयको भौतिक संरचना बन्दै गर्दा ति बोटहरु ढाल्न पर्यो समय संगै परिवर्तन जरुरी पनि छ, अहिले सैनामैना नगरपालिका सम्पूर्ण विद्यालयमा हरियाली कायम‌ गर्न आफु लागेको र वोट लगाई सके पछि त्यसमा मलजल गर्न विधार्थीलाई प्रयोगात्मक सिप सिकाउन पर्छ ताकि भोली  पनि त्यो काम गरुन विधार्थीहरुले, चुरेसंग सहकार्य गरेर सैनामैनामा हजारौ बिरुवाहरु लगाउने  कुरा नगर प्रमुख शर्मा वताएका छन्   । नगर



प्रमुख फणेन्द्र शर्माले यस वर्ष सैनामैना नगरलाई ग्रिनरी  नगर बनाउन र नगरलाई उत्कृष्ट देखाउन गोल्डेन चेन, टु-लिफ, स्वामी र अफ्रिकन टु-लिफ जस्ता वोट बिरुवाहरु सालझण्डी ढोरपाटन मार्ग, कलौनीको लुम्बिनी रोडको दुवै साइडमा र रानिवगिया देखि पर्रोहा मन्दिर जाने बाटोको दुई साईडमा यस्ता प्रकारका थुप्रैको‌ सख्यामा वोट विरुवा लगाएको बताए छन् ।

कार्यक्रममा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्का, मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर बानिया,  पुर्व शिक्षक  गोकर्ण शर्मा सुवेदी, पर्रोहा अभिभावक शिक्षक संघका अध्यक्ष भुमा पाण्डे, पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र शर्मा, , नेपाली कांग्रेस सैनामैना वडा नम्बर ४ का सभापति जग्गननाथ गौतम, अशोक खड्का, विधालय व्यावस्थापन समितिका पधाधिकारी र सदस्यहरु  विद्यालयका सह प्रर्चाय हरि भट्टराई लगाएतको आतिथ्यता रहेको थियो ।‌



वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका २३०  फलफूल र अन्य बिरुवा विद्यालयको परिसरमा लगाईएको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षतामा, प्रचार्य वल वहादुर केसी स्वागत तथा बिधालयका शिक्षक धन बहादुर रानाको संचालन सम्पन्न भएको थियो ।