सैनामैना, श्रावण-९,
रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं.४ अवस्थित पर्रोहा स्वास्थ्य चौकी संस्थाको २४ घन्टे प्रसुती सेवा थप आधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको कुरा आज पर्रोहा चौकीमा आयोजित संस्थागत सुत्केरी सेवाको गुणस्तर सुधार का लागि सरोकारवाला सँगको छलफल अन्तरक्रिया जानकारी गराइएको छ।
सैनामैना नगर पालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरप्रमुख शर्माले स्वास्थ चौकीबाट दिइने सेवा थप आधुनिक प्रविधि मैत्री बनाउँदै लैजाने र जिल्लाकै उत्कृष्ट नमुना बथिङ्ग सेन्टर बनाउने बताएका छन् । सो कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी को अध्यक्षतामा भएको थियो ।
सो अन्तरक्रियामा पर्राेहा स्वास्थ्य चौकी संस्थाको (२४ घण्टे) प्रसुति सेवा बाट संस्थागत सुत्केरि सेवा लिदा स्वास्थ्य संस्था बाट उपलब्ध हुने सेवा एवम सुबिधाहरु राज्यका तिनै वटा सरकारवाट विविध सेवा सुविधा प्राप्त हुँदै आएको कुरा जानकारी गराइएको छ । स्वास्थ्य चौकीको सेवालाई प्रभावकारी बाउन सैनामैना नगरपालिकाको तर्फबाट नि:शुल्क एम्बुलेन्स सेवा ,सुत्केरी आमा तथा नवजात शिशु को लागि पोषण खर्च प्रति सुत्केरि रु१०००/- सुत्केरि कोठामा हिटर तथा एसीको ब्यवस्था ,गर्भवती तथा सुत्केरी आमालाई नि शुल्क क्याल्सियम चक्कि को ब्यवस्थापन भएको छ ।
घरमै पुगि नर्सिङ कर्मचारीद्वारा सुत्केरी तथा नवजात शिशुको जाँच परामर्श दिदै आएको छ भने स्वास्थ्य संस्था सन्चालन तथा ब्यवस्थापन समितिको तर्फ बाट सुत्केरि आमाको लागि घ्यु तेलमा बनाएको तातो ज्वानो झोल तातो चिसो पानीको ब्यवस्थापन गरिएको छ भने ,
ड्यूटीमा रहनु हुने कर्मचारीसँग सिधा सम्पर्कको लागि सन्चार ब्यवस्थापन सम्पर्क व्यवस्था, सफा तथा शुद्ध चिसो तथा तातो पिउने पानीको ब्यवस्थापन गरिएको साथै अत्यावश्यक औषधि, उपकरण ब्यवस्थापन गरिएको छ । भने संक्रमण रोकथामको ब्यवस्थापन तर्फ सम्मानजनक मातृ तथा नव शिशु स्वास्थ्य प्रबर्द्धनका निम्ति सहयोगि संस्था तथा सरोकारवाला सङ नियमित समन्वय सहकार्य छलफल भई रहेको सहजीकरणका क्रममा बताइएको छ ।प्रदेस सरकारको तर्फ बाट स्वास्थ्य चौकीको सेवालाई प्रभावकारी बनाउन पोषण झोला ( पोषण आहारा )प्रति सुत्केरी उपलब्ध गराइएको छ भने संघीय सरकारको तर्फ बाट यातायात खर्च प्रति केस रु १०००/-गर्भवती जाच उत्प्रेरणा रु ८००/-न्यानो झोला सुत्केरी आमाहरुलाई तथा नव शिशु लाइ न्यानो लुगा प्रदान हुँदै आएको पर्रोहा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले बताएका छन् ।





No comments:
Post a Comment