Tuesday, 25 July 2023

देवदहमा दिउँसो मदिरा विक्री तथा सेवनमा रोक



देवदहमा दिउँसो मदिरा विक्री तथा सेवनमा रोक ।

 हाम्रा सहकर्मीका अनुसार

श्रावण ९, २०८० मंगलवार

देवदहमा दिउँसो मदिरा विक्री तथा सेवनमा रोक

  

देवदह । टोलमा दिउँसै मदिरा सेवन गरि होहल्ला गर्ने, झगडा गर्नेजस्ता प्रवृत्तिलाई रोकथाम गर्नका लागि रुपन्देहीको देवदह नगरपालिका -६ स्थित शिवालय टोललाई दिवा मदिरापान निषेधित क्षेत्र घोषणा गरिएको छ । शिवालय टोल विकास संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरि दिवाकालिन मदिरा निषेध घोषणा गरिएको हो ।

साथै १८ बर्ष भन्दा मुनिका व्यक्तिहरुलाई मादक पदार्थ ओसारपसारमा प्रतिबन्ध र सार्वजनिक ठाँउमा सेवन गर्न निषेध गरिएको संस्थाका अध्यक्ष गणेश प्रसाद बश्यालले जानकारी दिए।  कार्यक्रममा वडा नं ६ का सबै टोल विकास संस्था छिमेकी टोल विकास संस्था, विद्यालय क्लब तथा आमा समुहको पदाधिकारीको उपस्थिति रहेको थियो।


मदिरा दिवाकालिन समयमा पूर्ण रुपमा निषेध गरिएको र साझ ६ देखि ९ बजेसम्म खुल्ला र त्यस पश्चात पसल बन्द गर्न घरेलु मदिरा व्यवसायहरुलाई निर्देशन दिइएको संस्थाका उपाध्यक्ष मिलन मास्की रानाले बताए ।


कार्यक्रममा मिलन टोल विकास संस्थाका अध्यक्ष कलाधर रिजाल, देवदह प्रहरी चौकी खैरेनीका इन्चार्ज डाक्टर प्रसाद चौधरी, शिवालय सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष रामचन्द्र पौडेल, पुर्व वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार दामोदर क्षेत्री, युगज्योती माविका शिक्षक दिनानाथ शर्मा, कलाधर रिजाल लगायतले बोल्दै सभ्य समाज निर्माणको लागि सबै एकजुट भएर लाग्नुपर्ने भनाई व्यक्त गरेका थिए 

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...