Wednesday, 2 August 2023

भ्रममा नपर्न सहकारी वैकको अनुरोध ।

 काठमाण्डौं,श्रावण १७

पछिल्लो समय सहकारीमा भएका केही गतिविधिहरु बैंकका सदस्य सस्था तथा सरोकारवालाहरुमा भ्रम पैदा गर्ने खालका भएकोले त्यस्ता गतिविधिबाट भ्रममा नपर्न सहकारी बैंकले अनुरोध गरेको छ ।


.

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसंग सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी गरिरहेकोेले देशभरका सदस्य सहकारी संघसंस्था, नियामकीय निकाय, तथा सम्पूर्ण सरोकारवालाहरुलाई भ्रममा नपर्न अनुरोध गरेको हो ।

बैंकले प्रेस विज्ञप्ती जारी गरी सवैको विश्वासबाट सञ्चालित सहकारी बैंकलाई लक्षित गरी भएका केही गतिविधिहरुबाट भ्रम सिर्जना हुनसक्ने भएकाले सरोकारवाला हरुलाई भ्रममा नपर्न आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ देशभरका सहकारी संघसंस्थाको विश्वास, साथ र सहयोगद्वारा स्थापित, सञ्चालित सहकारी बैंक नेपाल राष्ट्र बैंक समेतको नियमनमा रही नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै आएको छ ।

विज्ञप्तीमा बैंक संस्थागत सुशासन सहित सञ्चालित सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा केन्द्रीत रहदै आएको उल्लेख छ । सहकारीहरुको संस्थागत विकास, वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ विज्ञप्तीमा भनिएको । विभिन्न समयमा बैंक र बैंकको अध्यक्षलार्ई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।


बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थामा बैंकको कर्जा रकम २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकिकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अरब नजिक रहन पुगेको विज्ञप्तीमा उल्लेख छ ।

सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तीन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत जानकारी गराउदछौं विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा सुधार हुँदै गएको यो विषम परिस्थितिमा असार मसान्तसम्मकोे वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको जनाइएको छ ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...