Thursday, 3 August 2023

सैनामैनाको कुश्मा भाटामा निशुल्क रक्त चाप र मधुमेह परिक्षण तथा औषधी वितरण

सैनामैना, श्रावण-२८

  सैनामैना नगरपालिका वडा नम्बर ४ को कुश्मा – भाटा टोलमा  मधेसी तथा थारू सहित सर्वसाधारण नागरिकलाई आज एक कार्यक्रमकाबीच निःशुल्क रक्तचाप तथा मधुमेह रोग परीक्षण गरिएको छ ।


कार्यक्रमको प्रमुख अथिति रहेका सैनामैना नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रमुख हेमराजले नसर्ने मधुमेह र रक्तचाप जस्तो रोगले ४० कटेका शोखिन व्यक्तिहरुलाई विशेषगरी सताउने हुँदा खान पानलाई विशेष ख्याल गर्नका लागि सबैलाई ध्यानाकर्षण गराएका छन्,  स्थानिय तहका यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका विशेषगरी रोगी र निरोगीलाई मलाई यी रोगहरू लागेको छैन भनी जिउनको लागि आधार हुने बताएका छन् ।



त्यस्तै कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य तेज नारायण सुवेदीले हाम्रा वृद्ध आमाबुबा हरूको स्वास्थ्यको उच्च मुल्यांकन गर्दै स्वास्थ्य केन्द्रमा रहेको यो व्यवस्थालाई गाउँगाउँसम्म पुराएर आमनागरिकले सजिलैसँग सेवा लिन सकून् भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताउन   जानकारी दिएका थिए ।सो कार्यक्रममा पर्रोहा हेल्थ पोष्ट का प्रमुख जग बहादुर सुनारले सरुवा रोगभन्दा पनि नसर्ने रोग जटिल हुने हुँदा र मानिसलाई लागिसकेपछि निको हुन कठिनाई पर्ने हुँदा यस्ता खालका रोगबाट समयमै सुरक्षित रहि खानपानलाई विशेष प्राथमिकता दिने हो भने यस्ता खालका रोगहरु बाट टाढै रहन सक्ने कुरा व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमको सफलताको शुभकामना ल्याब टेक्निसिएन मधुसुधन भट्टराई, सविन पौडेल लगायतले कार्यक्रममा आफ्नो धारणा राखिएको थियो ।
कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष एवं पर्रोहा स्वास्थ्य चौकीका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता एवं रिम पाटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ‌।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले यो खालको कार्यक्रम वडाका सबै भागमा चाँडोभन्दा चाँडो गरिने र  संगै पछिल्लो चरणमा देखिएको डेङ्गो र आँखा दुख्ने रोगको विषयमा पनि वडाले विशेष पहल चल्ने कुरा व्यक्त गरेका छन् ।

त्यस्तै उक्त परीक्षणबाट १२७ जना सेवाग्राहीले सेवा लिएका थिए भने  त्यस कार्यक्रममा त्यस रोगबाट ग्रसित व्यक्तिहरुका लागि औषधी समेत निशुल्क वितरण गरिएको वडा अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिएका छन्।






.

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...