Friday, 4 August 2023

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा)ले डेंगु सचेतना तथा नियन्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।

सैनामैना, श्रावण -१९ 
सॉझ बिहान पख टोक्ने संक्रमित लामखुट्टेले टोक्दा सर्ने डेंगु रोग तराई तथा भित्री मधेसका मधेशका जिल्लाहरुमा तिव्र रूपमा फैलिन थालेकै बेला रुपन्देही जिल्लाको सैनामैना नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) ले आज मुर्गिया बजारमा रहेको मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति संगको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. १ देखि ५ सम्मका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका शिक्षक साथै समाजसेवी हरुलाई आमन्त्रण गरी एकदिने डेगू रोग लाग्ने कारण र सचेतना अभियान सञ्चालन गरेको छ।



सो कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र
प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वहाँले डेगू हाम्रै लापारवाहीका कारण सर्ने , डेंगु रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भांडोमा पनि हुर्कछ भनेका थिए।  सो कार्यक्रममा सैनामैना नगरपालिका स्वास्थ्य शाखाका अधिकृत हेमराज पन्थीले सहजीकरण गरेका थिए ।

 सो सचेतना कार्यक्रम मा ९० जना को सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति लाल प्रसाद पंगेनी तथा . मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी समाजसेवी मानबहादुर महत , सैनामैना नगरपालिका वडा नं.४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष तमवहादुर पुर्जा वडा नं. ५ का धनप्रसाद पौडेल उपशाखाका निर्वतमान सभापति लोकनाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

उक्त सचेतना कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा ( पर्रोहा ) रुपन्देही सभापति दिनेश पौडेलको सभापतित्वमा, उपशाखाका सचिव दिपक कुमार चालिसेको संचालन तथा कार्यक्रम संयोजक लक्ष्मण थापाको स्वागतमा सम्पन्न भएको थियो ।




No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...