सैनामैना, श्रावण-२३
नेपाल बिध्यार्थी संघ रुपन्देहीले सहिद नारायण पोख्रेल रामायण क्याम्पसमा भेन्डिङ्ग मेसिन उपलब्ध गराएको छ। महिनाबारी समस्याका कारण छात्राहरूले कलेजमा अनेकथरी समस्या झेल्नुपरेको तथा ठूलो संख्यामा छात्राहरुले बिद्यालय छाड्ने गरेको डरलाग्दो तथ्यांक भएकोले सबै पक्षले यसलाई संबोधन गर्नुपर्दछ। सेवामुखी जीवन उपयोगी सृजनशिल कार्यक्रम गरेकोमा नेबिसंघ विद्यार्थीहरुको माझमा राम्रो घ छवि बनाएको छ ।
उक्त कार्यक्रममा प्राबिधिक शिक्षा सर्वसाधारणको पहुँचमा हुनुपर्छ। शिक्षा उत्पादनमुखी, उत्पादन बजारमुखी र बजार समृद्धिमुखी हुनुपर्दछ अनि मात्र बैदेशिक शिक्षाको आकर्षण घट्छ। बार्षिक हजारौं बिध्यार्थी अनि अर्बौं रकम बिदेशिने सिलशिलाको अन्त्य हुन जरुरी छ भन्ने धारणा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. अनिता ढुङ्गाना राखेकी छन् ।
सैनामैना नगरपालिका नगर प्रमुख फणीन्द्र प्रसाद शर्मा, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, नेपाली कांग्रेस सैनामैना नगर समिति सभापति रणवहादुर खनाल, सहिद नारायण पोख्रेल रामापुर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डोलराज गैरे, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनाल लगाएतका अतिथिहरुले कार्यक्रमको प्रशंसायोग्य रहेको बताएका थिए ।
उक्त कार्यक्रममा ने वि संघ सहिद नारायण पोख्रेल क्याम्पस इकाई समितिको समन्वयन मा ने वि संघ रुपन्देही अध्यक्ष सन्दिप पाण्डेको अध्यक्षता तथा जिल्ला सचिव मनोज क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो त्यस कार्यक्रममा क्याम्पसका प्रध्यापक, विद्यार्थीहरू तथा अभिभावक तथा सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।




No comments:
Post a Comment