श्रावण- २१, सैनामैना
देशमा देखिएको डेंगु रोगको कारण विरामीलाई रगतको अभाव नहोस् भनी रुपन्देही जिल्लाको सैनामैना नगरपालिका अवस्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा ( पर्रोहा ) द्वारा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । यस अघि शुक्रवार डेंगी सचेतना तथा नियन्त्रण कार्यक्रम आयोजना गरेको उपशाखा मानविय सेवामा आफूलाई अबल बनाएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीले सामाजिक, तथा मानविय क्षेत्रमा सैनामैना क्षेत्र उर्वर भूमिका रुपमा छुट्टै पहिचान गराएको छ । रेडक्रस सैनामैना उपशाखा (पर्रोहा ) समाजिक तथा रेडक्रस गतिविधि संचालनमा जिल्लाकै उत्कृष्ट तथा गतिशिल उपशाखाको छवि निर्माण गरेको बताएका छन् ।
उक्त कार्यक्रममा सुनगाभा स्कुल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी जोशी तथा विद्यालयका प्राचार्य तिलव केसीको विशिष्ट आतिथ्यता रहेको थियो सो कार्यक्रममा उप शाखाका निर्वतमान सभापति लोक नाथ अधिकारी , सल्लाहकार जगन्नाथ गौतम, समाजसेवी विमल ज्ञवाली, भिम खड्का, शिक्षक नायकद्वय माधव ज्ञवाली, लक्ष्मण खनाल , अर्जुन पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाका सभापति दिनेश पौडेलले गरेका थिए भने संचालन उपशाखा सचिव दिपक कुमार चालिसे, तथा स्वागत उपशाखा उपसभापति मिना भण्डारीले गरेकी थिइन ।
उक्त कार्यक्रममा सुनगाभा पब्लिक स्कुलका यूरेस तथा जुरेस सर्कलको आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रम सुनगाभा पब्लिक स्कूलको सभाहलमा समन्न भएको जानकारी
उपशाखाका कोषाध्यक्ष थानिश्वर न्यौपानेले दिएका छन् । कार्यक्रममा अधिकांश रक्तदाताहरू नयाँ र पहिलो पटक दान गर्ने रहेका थिए भने उक्त कार्यक्रममा १००यूनिट भन्दा रक्ततत्व संकलन भएको आयोजक दिव्या पंगेनीले दिएकी छन् ।
उपशाखाका कोषाध्यक्ष थानिश्वर न्यौपानेले दिएका छन् । कार्यक्रममा अधिकांश रक्तदाताहरू नयाँ र पहिलो पटक दान गर्ने रहेका थिए भने उक्त कार्यक्रममा १००यूनिट भन्दा रक्ततत्व संकलन भएको आयोजक दिव्या पंगेनीले दिएकी छन् ।





No comments:
Post a Comment