१४९ जना विद्यार्थीलाई तिलोत्तमाका मेयर खाणले दिए आफ्नो सेवा सुविधा बापतको रकमबाट छात्रवृत्ति
तिलोत्तमा, भाद्र-२९।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन ।
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेका हुन् । उनी निर्वचित भए देेखि नै छात्रवृति वितरण गरेका थिए ।
विद्यार्थीका अभिभाकहरूका अनुसार आर्थिक अभावमा भएका घरमा खांण आफै कापी किताव लिएर घरै पुगेको पनि बताउँछ्न । गरिवी र अभावले वञ्चित हुन् नपरोस् भनेर आफ्नो सेवा सुविधा नलिएर छात्रवृत्ति वितरण गरेको नगरप्रमुख खाणले जानकारी दिए ।



No comments:
Post a Comment