Friday, 15 September 2023

सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको दुरदर्शिता कारण सैनामैना-३ हाटबजार क्षेत्रको डुबान समस्या हल हुने।

 सैनामैना, भाद्र -३१

सैनामैना नगरपालिका वडा नं.३ हाटवजार टोल सैनामैना नगरपालिकाकै महत्वपूर्ण वस्ती हो यस वस्तीमा विभिन्न समयमा भएका जग्गा पलटिङ्गका कारण अव्यवस्थित शहरमा परिणत हुँदै गएको छ वर्षामा सानो पानी पर्दा  घर बाटा-घाटा बारम्बार डुबान पर्दै आएको छ।

निर्वाचनताका यस क्षेत्रको पानीको डुबावलाई अन्त्य गर्ने आफ्नो  दायित्व भनेका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना-३ मा विस्तार हुँदै गएको शहरीकरणलाई आधुनिकीकरण गर्दै  लैजाने बताएका छन् । हाटबजार क्षेत्रको वजार र वस्तीमा बर्षौ देखि हुँदै आएको डुबानको समस्या संधैका लागि हल गर्ने गरी कार्य अगाडी बढाउने जनाएका छन् ।
लुम्बिनी प्रदेश सरकार शसर्त अनुदान मा यस क्षेत्रको डुबान समस्या समाधान लागि रू १०००००००/एक करोड रुपैयाँको बजेटमा छिटै काम संचालन  गरिने नगर प्रमुख शर्मा हाम्रा संवाददाता  जानकारी गएका छन् ।

यसै विच सैनामैनाको मुटु मानिएको हाटबजार टोल अर्न्तगत रहेको पुरानो हाटबजार र मन्दिर क्षेत्रलाई समेट्ने गरी सैनामैना कै ऐतिहासिकता झल्कने गरी सैनामैना पार्क निर्माण कार्यलाई तीव्रता दिइएको बताएका छन् सैनामैना पार्क सम्पन्न हुदाँ सैनामैना-३ हाटबजारको घना वस्ती  पर्यावरणीय रुपमा पनि नमूना वस्तीका रुपमा विकास हुने बताएका छन् ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...