Wednesday, 20 September 2023

शिक्षक महासंघको आन्दोलन माग पुर्‍याउनका लागि काठमान्डौ बृहत रयाली

 

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल भएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूबीच धकेलाधकेल भएको हो। शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ ।


माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो ।

भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट 'डाइभर्सन' गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाण्डाैकाे माईतीघरमा शिक्षकहरूले आज बुधवारदेखि आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई प्रदर्शन गरिरहेका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् । यो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो ।


भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट 'डाइभर्सन' गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाण्डाैकाे माईतीघरमा शिक्षकहरूले आज बुधवारदेखि आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई प्रदर्शन गरिरहेका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् । यो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

विद्यालय शिक्षा विधेयक २०८० मा हुनुपर्ने निति ऐन तथा व्यवस्थाहरू : 

१, पेन्सनका कुरा २०२८ अनुसार

२, सरूवा का कुरा आनलाईन मार्फत घुस बिहिन जुनसुकै बखत

३, परिक्षणका कुरा महिला पुरुष दुबैलाई ६ महिना

४, श्रेणी बढुवा अन्तरिक मुल्याङकन बाट ७ बर्ष मा एक श्रेणी सबै शिक्षक र तह लाई

५, श्रेणी बढुवा खुल्ला प्रतियोगितात्मक परिक्षा बाट ५ वर्ष सेवा अवधी पुगेका लाई ६० अङ्क हासिल गर्ने सबै तहका शिक्षकलाई

 ६, स्थायी को उमेर हद १८-४५ र नव प्रवेशका लागी १८-४० उमेर हदकायम हुने

 ८, प्र अ को व्यवस्था शिक्षक हरू मध्ये खुल्ला प्रतिस्पर्धा शि से आ बाट 

९, शिक्षा प्रसाशनिकहरू जस्तै:- प्र स बिनी, सचिव, सह सचिब,

निर्देशक तथा महानिर्देशक जस्ता पदमा स्थायी शिक्षकहरू बाट मुल शिक्षा विषय लिई प्रतिस्पर्धात्मक परिक्षा उतिर्ण गरेकालाई जिम्मेवारी दिने

१०, शिक्षा मन्त्री बन्नलाई विद्यावारिधि अनिवार्य

११, सेवा सुविधा निजामति सरह



१२, प्रत्येक स्कूलको एक जना शिक्षकलाई हरेक वर्ष उत्कृष्ट नतिजा दिने लाई सम्मान र पुरस्कार को व्यवस्था

१३, बिद्यालय बाट वि व्या सा हटाउने

१४, स्थायी शिक्षकको बालबालिका लाई सामुदायिक विद्यालयमा कक्षा १० सम्मा अनिवार्य अध्ययन गर्न लगाउने न गर्नेलाई शिक्षक पद बाट बर्खास्त गर्ने

१५, शिक्षा सेवा आयोग लाई खुलस्त स्वतन्त्र र प्रतिस्पर्धी मैत्री बनाउने १६, शिक्षक र शिक्षालय प्रति अभद्र व्यवहार गर्नेलाई कडा कानुनी रूपमा कारवाही गर्ने


१७, विषेश करण र परिस्थितिमा कुनै पनि शिक्षकलाई जुनसुकै बेला मा घर पायक बिद्यालयमा सरूवा नभए काज सरुवा

१८, हरेक दुई वर्षमा एक बिद्यालय बाट अर्को बिद्यालय र हरेक ५ वर्षमा एक पालिका बाट अर्को पालिका तथा हरेक १० बर्षमा एक जिल्ला बाट अर्को जिल्ला मा स्वातः शिक्षक सरूवा गर्ने तर ४० वर्ष उमेर काटेका

गृह जिल्ला बाट अन्य जिल्ला मा सरूवा गर्ने छैन १९, प्रत्येक महिनाको अन्तिम साता भित्र तलब हस्तान्तरण को व्यवस्था

२०, प्रत्येक शिक्षकलाई सेवा अवधी भरीमा एक चोटी विदेशमा १० दिने भ्रमणको व्यवस्थापन

२१, अस्थायी र राहत शिक्षकहरूलाई सत प्रतिसत एक चोटी अन्तरिक प्रतिस्पर्धामा ४० अंक ल्याउने लाई स्थायी र उतिर्ण हुन नसक्नेलाई गोल्डेन ह्याण्डसेक व्यवस्था र यसरी स्थायी हुने शिक्षकको सम्पूर्ण हुने ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...