सैनामैना , पौष-४
लुम्बिनी प्रदेशको उत्कृष्ठ शैक्षिक प्रतिष्ठान मध्येको एक शैक्षिक प्रतिष्ठानका रुपम परिचित सैनामैना नगरपालिका वडा नंः ३ स्थित सुनगाभा पब्लिक स्कूलले यहि पौष १० गते २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने पूर्व सन्ध्यामा आज पौष ४ गते सैनामैना नगरपालिका मुख्य बजार क्षेत्र सरसफाई कार्यक्रम सञ्चालन गर्दै खेल सप्ताह आयोजना गरेको छ ।
विद्यालयका सह प्रार्चाय केदार कार्कीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रमको प्रमुख अतिथिमा विद्यालयका प्राचार्य तिलब केसीले विद्यालय समुदायको एउटा अभिन्न अङ्ग भएकाले समुन्नत तथा स्वच्छ समुदाय निर्माण गर्न विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने भएकाले वार्षिक उत्सवको पूर्व सन्ध्यामा समुदाय सरसफाइ कार्यक्रम राखिएको र यस कार्यक्रममा कक्षा११ र १२ का विद्यार्थी साथै विद्यालयका शिक्षक शिक्षिकाको सहकार्यमा सन्देश मूलक सरसफाई गरिएको जानकारी गराए ।
विद्यालयले यसै अवसरमा दौड प्रतियोगिता, भलिवल, म्याथम्याटिकल दौड, मिठाइ दौड प्रतियोगिता तथा तातो आलु प्रतियोगिता आजै सम्पन्न गरेको छ । भने पौष ५ गते विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता रहेको छ भने पौष पाँच गते नै भलिवल,टेबल टेनिस रहेको छ ।
पौष ६ गते सटपुट, लङ्ग जप, हाई जप, कुर्ची जम र १०० देखि८०० मिटर दौड प्रतियोगिता रहेका छन् भने पौष८ र ९ गते क्रिकेट , फुटवल प्रतियोगिता साथै जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताका संयोजक मनिस गौतमले जानकारी दिए ।
२०८० पौष१० गते मूल समारोह साथै निशुल्क बृहत स्वास्थ्य परीक्षण, फुड फेस्टिबल, विज्ञान प्रविधि प्रर्दशनी , जेष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण समारोह साथै सांस्कृतिक कार्यक्रम रहेको विद्यालयका सह प्रार्चाय कमलचन्द्र पौडेलले जानकारी गराएका छन् ।





No comments:
Post a Comment