पौष-९,सैनामैना
रुपन्देहीको सैनामैनामा रहेकाे सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ आै बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा आयाेजना गरेकाे जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट इङलिस स्कुल प्रथम भएको छ । जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ४२ विधालयलाई पछि पार्दै एभरेष्ट इङलिस स्कुल जित हासिल गरेकाे हाे । प्रतियोगितामा देवदह बुद्ध पब्लिक स्कुल द्वितीय र ग्रिन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुल तृतीय र सगरमाथामा सेकेन्डरी बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।
प्रतियोगितामा जिल्ला भरीबाट ४२ बिधालयले सहभागीता जनाएकाे प्रतियोगिताका संयाेजक मनिष गाैतमले जानकारी दिएका छन् । ४२ बिधालयबाट सेलेक्सन भएर आएका ६ वटा बिधालय प्रतियोगितामा सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले हरेक ब्यक्तिकाे बिधार्थी जीवन महत्वपुर्ण समय भएकोले हरेक बिधार्थीले सुखद भविष्यकाे लागि बिधार्थी जिवनमा नै पुर्ण मेहेन्त गर्नु पर्ने बताएका छन् ।
बिधालयकाे २७ आै बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयाेजना गरेकाे बिधालयका प्रधानाध्यापक तिलब के.सीले बताएका छन् उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज गौतमको अध्यक्षता तथा सह प्राध्यापक कमलचन्द्र पौडेलले संचालन गरेका थिए।




No comments:
Post a Comment