सैनामैना , फागुन १४ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको बताएका छन् ।
मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला सैनामैना नगरपालिकाले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ । यो समुदायले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

No comments:
Post a Comment