Sunday, 25 February 2024

सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले सहकारी संघ तथा संस्थाहरुको सघन अनुगमन शुरु गरेको छ

 फाल्गुण १३, २०८० आइतबार

संयुक्त टाेलीले थाल्याे सहकारी अनुगमन, पहिलाे चरणमा यी संघसंस्थाबाट शुरू



सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले सहकारी संघ तथा संस्थाहरुको सघन अनुगमन शुरु गरेको छ । विभाग र राष्ट्र बैंकका प्रतिनिधि संलग्न ३ वटा टोलीले आजबाट उपत्यकाका सहकारी संघसंस्थाहरुको अनुगमन शुरु गरेका हुन् । 


सहकारी विभागका उप–रजिष्ट्रार तथा प्रवक्ता टोलराज उपाध्यायले आजबाट सहकारी संघसंस्थाको अनुगमन शुरु गरिएको बताए । अनुगमनका लागि टोली विभिन्न संघसंस्थामा पुगिसकेको उनले जानकारी दिए । सहकारी संघसंस्थाहरुमा कानुनको पालनाको अवस्था के छ र अभियानलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने उद्देश्यकासाथ संयुक्त अनुगमन शुरु गरिएको उनको भनाई छ । अनुगमनका क्रममा राम्राेसँग सञ्चालन भएका र समस्यामा परेका दुवै खाले संस्था हेरिने भएको छ । राम्रा संस्थाहरुले गरेका असल अभ्यास समस्यामा परेका संस्थाहरुले पनि सिकुन् भन्ने उद्देश्यले दुवै खाले संस्थाहरुको अनुगमन गर्न लागिएको हो । ऐननियम पालनामा कमजोरी भेटिएका संस्थाहरुलाई भने कारवाहीका लागि शिफारिष गरिने उपाध्यायको भनाई छ । 


टोलीले १० वटा संघसंस्था मध्ये राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को पनि अनुगमन गर्नेछ। राष्ट्रिय सहकारी बैंकको अनुगमन आजैबाट शुरु भएको छ भने नेफ्स्कुनको सम्भवत: भोलिबाट शुरु हुनेछ । त्यसैगरी श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गर्नेछन् । 


अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्था विभागका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको छ ।  त्यस्तै सहकारी बिभागले पनि उपनिर्देशक टोलराज उपाध्यायको संयोजकत्वमा टोली बनाएको छ । टोलीले एउटा संस्थालाई आवश्यकता अनुसार बढीमा ५ दिनसम्म अनुगमन गर्नेछ । आर्थिक वर्ष २०६१/६२ को मौद्रिक नीतिबाट सहकारीको अनुगमनबाट पछि हटेको नेपाल राष्ट्र बैंक अहिले दोस्रो पटक विज्ञ टोलीमार्फत् सहकारीको अनुगमनमा प्रवेश गरेको हो । यसअघि ५० करोड रुपैयाँ भन्दा बढी शेयरपुँजी भएका सहकारीमा राष्ट्र बैंकले नियमन गर्नुपर्ने प्रस्ताव गरीएपनि राष्ट्र बैकले सहकारी बिभागसंगको समन्वयमा मात्र नियमन तथा अनुगमन गर्न तयार भएको हो। टाेलीले अनुगमनबाट ती संघसंस्थाहरूकाे यथार्थ अवस्थाकाे बारेमा रिपाेर्ट तयार गरी विभागमा पेश गर्नेछ । कानुनी कारवाहीको अधिकार रजिष्ट्रारमा नीहित रहेकाले रिपाेर्टका अधारमा प्रक्रिया अगाडि बढाइनेछ

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...