सैनामैना, २०८० फागुन १५
थाल उपहार !
सैनामैना नगरपालिका वडा नं. १ अवस्थित सैनामैना पर्रोहा परमेश्वर माविको हिजो भएको स्वर्णजयन्ती महोत्सवमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान गर्नुहुने शिक्षक, कर्मचारी तथा पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई स्नही प्रेमका साथ सम्मान गर्दा मायाको चिनोका रुपमा काँचको थाली उपहार प्रदान गरेको थियो ।
वि.स . २०३१ सालमा स्थापित विद्यालयले सामुदायिक विद्यालय तर्फ आफ्नो छुटै पहिचान स्थापित गरेको छ।
सैनामैना नगरपालिका एक मात्र विज्ञान विषयमा कक्षा ११ र १२ मा अध्यापन हुने विद्यालयमा कक्षा नर्सरी देखि१२ कक्षा सम्म अध्यापन हुने गरेको छ।
स्वर्ण जयन्तीको मूल समारोहमा नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री तथा रुपन्देही क्षेत्र न .२ का माननिय बिष्णु पौडेलको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख विना राना पूर्व नगरप्रमुख चित्र बहादुर कार्की विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा सैनामैनामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको कार्यक्रममा प्रधानाध्यापक नेत्रपुरीले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्यालको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।



No comments:
Post a Comment